चितवन । भरतपुरस्थित पुष्पाञ्जली हस्पिटल प्रा.लि. र कृषि विकास बैंकका पूर्वकर्मचारी समाज मकवानपुरबीच स्वास्थ्य उपचारमा सहुलियतसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
पुष्पाञ्जली हस्पिटलका सामाजिक सेवा इकाइ प्रमुख तथा सूचना अधिकारी केदारप्रसाद सुवेदी र कृषि विकास बैंक पूर्वकर्मचारी समाज मकवानपुरका अध्यक्ष गोकुलकुमार पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयको हो । सम्झौतापछि समाजका पदाधिकारी, कार्यसमिति, कर्मचारी र उनीहरुका परिवारका सदस्यसमेतको पुष्पाञ्जली हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार गर्दा २५ प्रतिशतसम्म छूट सुविधा लागू हुने जानकारी दिईएको छ ।
कार्यक्रममा हस्पिटलका कार्यवाहक अध्यक्ष गुरुप्रसाद पन्त, प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी लगायतको रोहवरमा दुई पक्षबीच सम्झौता सम्पन्न भएको हो ।
