चितवन । पुष्पाञ्जली हस्पिटल प्रा.लि.ले विगतका वर्षझैँ यस वर्ष पनि सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व थाइराइड दिवस मनाएको छ । थाइराइड दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा सहभागीहरूलाई थाइराइडसम्बन्धी जानकारी तथा सचेतना प्रदान गरिएको थियो ।
अस्पतालका वरिष्ठ फिजिसियन तथा कार्यक्रमका स्रोत वक्ता डा.भोजराज अधिकारीले थाइराइड रोग, यसको लक्षण, रोकथाम र उपचारका विषयमा जानकारी दिनुभएको थियो । त्यस्तैगरि वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राम प्रसाद सापकोटा, वरिष्ठ बालरोग विशेषज्ञ डा. किरण देवकोटा लगायतले स्वास्थ्य सचेतना प्रदान गर्नुभएको अस्पतालका सूचना अधिकारी केदार सुवेदीले जानकारी दिनुभयो ।
पछिल्ला वर्षहरूमा नेपालका विभिन्न शहरहरूमा यस्ता दीर्घरोगसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
