• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

  •  बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । ‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरका सम्भावित बिरामी पहिचान, स्त्रीरोगसम्बन्धी समस्या न्यूनीकरणका लागि जनचेतना वृद्धि र उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको कल्पका अध्यक्ष पूजा कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पहिचान भएका पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएका १५ जनालाई थप उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । क्यान्सररोग विशेषज्ञ डा विनोद अर्याल र स्त्रीरोग विशेषज्ञ बविता शाहको टोलीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिनुभएको थियो ।

दरवाङ आधारभूत अस्पताल परिसरमा सञ्चालन भएको शिविरमा मालिकाको साथै मङ्गला र धवलागिरि गाउँपालिकाका महिलाले पनि सुविधा पाएका छन् । शिविरको संयोजन गर्नुभएकी मालिका गाउँपालिका–४ की शिला पुनले चेतना र शिक्षाको कमीका कारण रोग लुकाएर बसेका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्यले शिविर आयोजना गरेको बताउनुभयो । बालविवाह र शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका किशोरी गर्भवती र सुत्केरी हुँदा स्त्रीरोगसम्बन्धी समस्या धेरै रहेको तर उनीहरू रोग लुकाएर बस्ने गरेका पुनले बताउनुभयो । स्वास्थ्य शिविरअघि जेठ १० गते मालिका गाउँपालिकाको सात वडाका २७ किशोरी र युवतीलाई पाठेघरको मुखको क्यान्सरको कारण, समाधानका उपाय र उपचार विधिका विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा सहभागी किशोरीले जेठ ११ गते बस्तीहरूमा पुगेर सचेतनामूलक कार्यक्रम गरेका थिए । तीस वर्षभन्दा कम उमेर समूहका नेपालका युवा महिलाले स्थापना गरेको कल्प संस्थाले सञ्चालन गरेको मातृत्व जोगाउने अभियानमार्फत हालसम्म २० हजार जनाभन्दा बढीले सेवा पाएका संस्थाले जनाएको छ । शिविर सञ्चालनका लागि मालिका गाउँपालिका र ‘जेके’ फाउन्डेसनले पनि सहयोग गरेका संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताउनुभयो।रासस

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.