• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

दन्त स्वास्थ्य क्षेत्रमा अग्रणी ‘कान्तिपुर डेन्टल’

  •  बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

प्राणीहरूको शरीरभित्र प्राकृतिकरूपमा खाना प्रवेश गर्ने एकमात्र मार्ग मुख नै हो । श्वासप्रश्वासको प्रमुख अंग नाक हो तर मुखले पनि श्वासप्रश्वासको काम गर्छ । यसरी हेर्दा शरीरको महत्वपूर्ण अङ्ग हो मुख तर हामीहरू मुखकै स्वास्थ्यबारे लापरबाही गरिरहेका हुन्छौँ, जसले गर्दा विभिन्न रोगको सामना गर्नुपर्ने हुन्छ ।

मुख स्वास्थ्य अन्तर्गत पर्ने दन्त स्वास्थ्य निकै महत्वपूर्ण मानिन्छ । शरीरमा मुख र दाँतको स्वास्थ्य राम्रो भएन भने रोगको सुरुवात त्यहीँबाट हुन्छ । यही कुरालाई ध्यानमा राखेर कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले करिब तीन दशकदेखि दन्त स्वास्थ्य क्षेत्रमा अग्रणी स्थानमा रहेर स्वास्थ्य एवं शैक्षिक सेवा प्रदान गर्दै आइरहेको छ ।

दाँतको उपचारका लागि तीन दशक अघिसम्म डेन्टल क्लिनिकहरूकै भर पर्थे बिरामीहरू । दन्त स्वास्थ्यको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र उत्कृष्ट स्वास्थ्य सेवाको अवधारणा लिएर २०५४ साल पुस २३ गते विधिवत् दर्ता भई कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना गरिएको यसका संस्थापक डा. बुद्धिमान श्रेष्ठ बताउनुहुन्छ । काठमाडौँ महानगरपालिका–३, बसुन्धरामा मुख्य कार्यालय रहेको कान्तिपुर डेन्टलले पोखरा, बुटवल र चितवनमा शाखा बिस्तार गरेको छ ।

कान्तिपुर डेन्टलका संस्थापक डा. श्रेष्ठका अनुसार, स्थापनाको दुई वर्षपछि २०५६ सालमा पोखरामा, २०५८ सालमा बुटवलमा र २०६० सालमा नारायणगढमा शाखा बिस्तार गरियो । २०८१ साल भदौदेखि भरतपुरमा समेत कान्तिपुर डेन्टल हस्पिटलको शाखा सञ्चालनमा आएको छ । कान्तिपुर डेन्टलको मुख्य कार्यालय र शाखा कार्यालयहरूबाट दन्त स्वास्थ्यका साधारण र विशिष्ट सेवा प्रवाह हुँदै आएको डा. श्रेष्ठले बताउनुभयो ।

“दन्त स्वास्थ्यको साधारण सेवा अन्तर्गत दाँतको परीक्षण, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने वा राख्ने काम गरिन्छ भने विशिष्ट सेवा अन्तर्गत सौन्दर्य उपचार, दाँतको जरादेखि उपचार, दाँतको प्रत्यारोपण, मुखभित्रको ट्युमर निकाल्ने, मुखभित्रका हाडको बनावटसम्बन्धी उपचार र मुखभित्रका हाड र दाँत भाँचिएको उपचार गरिन्छ”, डा. श्रेष्ठले भन्नुभयो ।

शैक्षिक सेवा

काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिने नेपालकै पहिलो कान्तिपुर डेन्टल कलेजले स्थापनाकाल (२०५४) मा दन्त चिकित्साशास्त्रमा स्नातक तह (बिडिएस–ब्याचलर्स इन डेन्टल सर्जरी) को पढाइ सुरु गर्‍यो । २०७० सालदेखि यस कलेजले चिकित्साशास्त्रमा स्नातकोत्तर तह (एमडिएस–मास्टर्स इन डेन्टल सर्जरी) को पढाइ सुरु गर्‍यो । कान्तिपुर डेन्टल कलेजबाट हालसम्म करिब पाँच सय जनाले बिडिएस र ४१ जनाले एमडिएसको अध्ययन पूरा गरी स्वदेश तथा विदेशमा दन्त स्वास्थ्य सेवा दिँदै आएका छन् ।

कान्तिपुर डेन्टल कलेजले एमडिएस र बिडिएससँगै सिडिएस (सर्टिफिकेट इन डेन्टल साइन्स), डिपिएच (डिप्लोमा इन फार्मेसी) र बिएस्सी एमएलटी (ब्याचलर अफ साइन्स इन मेडिकल ल्याबोरेटरी टेक्नोलोजी) को पढाइ सञ्चालन गर्दै आएको छ । कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरसँग एक सय ५० वडा डेन्टल चियर र सय बेडको जनरल हस्पिटल रहेको डा. श्रेष्ठले जानकारी दिनुभयो । “हामीकहाँ अर्थोप्यान्टोनोग्राम एक्स–रे सेवा पनि उपलब्ध छ, जसले दाँतसहित अनुहारका सम्पूर्ण हाडको एक्स–रे एकैपटक लिन सकिन्छ” उहाँले भन्नुभयो ।

स्वास्थ्य सेवा

“दन्त स्वास्थ्य सेवा मुखको स्वास्थ्य अन्तर्गत पर्छ । मुखको स्वास्थ्य दाँत र गिँजासँग मात्र सम्बन्धित नभई मुखभित्रको ट्युमर र अनुहारको हाडसँग पनि सम्बन्धित छ” डा. श्रेष्ठ भन्नुहुन्छ, “विश्व स्वास्थ्य संगठनले मुखको स्वास्थ्य (ओरल हेल्थ) लाई सबैभन्दा बढी समस्या भएको स्वास्थ्य विधा मानेको छ ।” मुखमा सात सयदेखि नौ सय किसिमका ब्याक्टेरिया हुने जानकारी दिँदै डा. श्रेष्ठले तीमध्ये केही ब्याक्टेरियाले मुखको स्वास्थ्य ठिक राख्न सहयोग गर्ने बताउनुभयो । मुख स्वस्थ भयो भने दाँत बलियो हुने उहाँको भनाइ छ ।

“मुखको स्वास्थ्यसँग दन्तरोग, मुटुरोग, मधुमेह, गर्भवती महिला र गर्भको बच्चासम्मका विषय जोडिएका छन्‌” डा. श्रेष्ठ भन्नुहुन्छ, “मुखको स्वास्थ्य अन्तर्गत पर्ने दन्त स्वास्थ्य उपचार सेवालाई गम्भीररूपमा लिइन्छ । दन्त स्वास्थ्य उपचारमा लापरबाही भयो भने मुखको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ । त्यसैले हामीहरूले डेन्टल हाइजिनको अवधारणमा काम गरिरहेका छौँ ।”

कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरको मुख्य कार्यालय काठमाडौँमा तीन सय जना र काठमाडौँ बाहिरका चार वटा शाखा (पोखरा, बुटवल, नारायणगढ र भरतपुर) मा सय जना गरी चार सय जनाले शैक्षिक एवं स्वास्थ्य सेवा दिँदै आएको डा. श्रेष्ठले जानकारी दिनुभयो । “कान्तिपुर डेन्टल कलेज र डेन्टल हस्पिटलमा कार्यरत चार सय जनामध्ये सय जना त चिकित्सक नै हुनुहुन्छ” उहाँले भन्नुभयो, “मुखको स्वास्थ्य र दन्त स्वास्थ्यका साधारणदेखि विशिष्ट सेवामा कान्तिपुर डेन्टल सदैव प्रतिबद्ध छ ।” दन्त स्वास्थ्यलाई लापरबाही नगरी ६–६ महिनामा दन्त चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउनु पर्ने उहाँको भनाइ छ ।

नेपालमा दन्त स्वास्थ्यबारे पढाइ हुने १५ वटा डेन्टल कलेज रहेका छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता भएका दन्त चिकित्सकहरू मात्रै करिब ६ हजार जना छन् । एमबिबिएस सरहको बिडिएसको पढाइ पाँच वर्ष ६ महिना नै हुन्छ । सरकारले बिडिएसका लागि पाँच वर्ष ६ महिनाको शिक्षण शुल्क २० लाख ८२ हजार रूपैयाँ तोकेको छ, जुन एमबिबिएसको शिक्षण शुल्कको तुलनामा आधा सस्तो पर्न आउँछ ।

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.