• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्ड स्वास्थ्य स्वयंसेविका हुन्’

  •  सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्य प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूको हकहित, सेवासुविधा र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) लुम्बिनी प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा स्वास्थ्य सचेतनाका कार्यक्रममार्फत स्वयंसेविकाहरूले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।

“समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिका प्रशंसनीय छ”, उहाँले भन्नुभयो । नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले नौबुँदे माग तथा सुझावपत्र पेस गरेको छ । मागपत्रमा सेवा अवधि पूरा गरी ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा उपलब्ध गराउने, क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, चाडपर्व खर्चको व्यवस्था गर्ने, दुर्घटना तथा मृत्यु राहत कोष स्थापना गर्ने तथा मासिक प्रतिवेदन भत्ता उपलब्ध गराउनेलगायत विषय समावेश छन् ।

प्रदेश सरकारले हाल अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविकालाई रु ५० हजार उपलब्ध गराउँदै आएको जनाएको छ । मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका माग तथा सुझाव अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा तथा सेवासुविधाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।रासस

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.