• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

  •  मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रदेश तथा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने योजना अघि सारेको छ ।

सोमबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत कैलालीस्थित सेती प्रादेशिक अस्पताल, कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई १०० श्यया क्षमतामा स्तरोन्नति गरिनेछ । नीति तथा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका अस्पतालमा प्रयोगशाला, आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार कक्ष (आइसियु), फार्मेसी र रेडियोलोजी सेवाको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिएको छ ।

मुटुरोग उपचारलाई थप प्रभावकारी बनाउन सेती प्रादेशिक अस्पतालमा क्याथल्याब स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । दुर्गम तथा पहाडी जिल्लाका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दार्चुला, बाजुरा, बझाङ, बैतडी, अछाम र डोटीका जिल्ला अस्पताललाई बिरामीको चापका आधारमा न्यूनतम २५ देखि ५० श्ययासम्म स्तरोन्नति गरिने उल्लेख छ । ती अस्पतालमा हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, दन्त र फिजियोथेरापी सेवा विस्तार गरिने जनाइएको छ । डोटीमा निर्माण सम्पन्न प्रदेश सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइने तथा प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० श्ययामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

मिर्गौला रोगीका लागि डायलासिस सेवा विस्तार गर्दै सेतीमा पाँच, महाकालीमा चार, टीकापुरमा तीन, लम्कीचुहामा पाँच तथा बयलपाटा, जोगबुढालगायत अन्य अस्पतालमा न्यूनतम दुई श्यया थप गरिने भएको छ । दूरदराजका क्षेत्रमा विशेषज्ञ सेवा पु¥याउन टेलिहेल्थ कार्यक्रम सञ्चालन तथा अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गरिने जनाइएको छ । कैलाली र कञ्चनपुरका थारु समुदायमा देखिने सिकेलसेल एनिमिया, थालासेमिया र हेमोफिलिया रोगको पहिचान तथा उपचारका लागि ‘घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम’ लाई निरन्तरता दिइने भएको छ । मातृ तथा बाल मृत्युदर न्यूनीकरणका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई निरन्तरता दिइने तथा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्याको पहिचानका लागि सबै जिल्लामा विशेषज्ञसहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम छ । ज्येष्ठ नागरिक, एकल महिला तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई प्रादेशिक अस्पतालबाट निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ ।

यसैगरी, आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई एमबिबिएस र एमडिजिपी अध्ययनका लागि ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’ प्रदान गरिनेछ । सरकारी छात्रवृत्तिमा अध्ययन पूरा गरेका चिकित्सकलाई प्रदेशकै स्वास्थ्य सेवामा परिचालन गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गरिने जनाइएको छ । ‘स्वास्थ्य बिमाको साथ, सेवामा विश्वास’ नाराअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविका बिमा कार्यक्रम तथा सामाजिक सुरक्षा एकाइलाई सुदृढ गरी विपन्न तथा सीमान्तकृत नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइने प्रदेश सरकारले जनाएको छ ।

मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.