• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित

  •  बुधबार, जेठ २०, २०८३ मा प्रकाशित

बागलुङ । गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको नगर अस्पतालमा निर्माण गरिएको कुरुवाघर सञ्चालनमा आएपछि प्रसूति र कुरुवा लाभान्वित भएका छन् । प्रसूति सेवा लिन आउनेका कुरुवालाई निःशुल्क बस्न सहज होस् भन्ने हेतुले उक्त प्रतिक्षाघर बनाइको थियो । प्रतिक्षाघर निर्माणपछि बिरामीका कुरुवा तथा आफन्तलाई सहज भएको छ । प्रतीक्षा घरमा बसेपछि चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी भएपछि सुत्केरीहरु सुरक्षित भएका छन् । हेलिकप्टरबाट उद्धार गरेर पठाउने समस्या हटेको छ ।

प्रतीक्षा घर बनेपछि सेवाग्राही र उनीहरुका कुरुवालाई सहज वातावरण सिर्जना भएको जैमिनी नगर अस्पतालका प्रमुख डा सुजन शर्माले बताउनुभयो । ती दुवै प्रतिक्षा घर निर्माणका लागि फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले रु चार÷चार लाख तथा नगरपालिकाले रु छ लाखका दरले रकम उपलब्ध गराएको थियो ।

गलकोटको प्रतिक्षा घरमा एकैपटक तीन परिवार वा तीन जनाका कुरुवा बस्न सक्छन् भने जैमिनीमा दुई परिवार बस्न मिल्नेछ । त्यहाँको ग्रामीण क्षेत्रबाट प्रसूति व्यथा हुनु एक दिनअघि नै गर्भवती स्वास्थ्य संस्थामा पुग्नुपर्ने भएकाले त्यस समयमा आर्थिक समस्या भोग्न नपरोस् भनी नगर अस्पताल र स्वास्थ्य चौकीमा यस्ता कुरुवा निर्माण गरिएको संस्थाका अनुगमन अधिकृत सुजन पौडेलले बताउनुभयो । गत असोजदेखि शल्यक्रिया सेवा सुरु गरिएको गलकोट नगर अस्पतालमा अहिलेसम्म १५० महिलाले प्रसूति सेवा लिएका छन् । त्यस अवधिमा ३७ जनाको शल्यक्रिया भएको छ । ती सबैले सुत्केरी हुनुपूर्व र सुत्केरीपछि कुरुवाघरको सेवा लिएका छन् । अस्पताल प्रशासनका अनुसार यहाँ ७७ जना सुत्केरीका आफन्तले कम्तीमा एक रात बसेर घर फर्केका छन् ।

कतिपयले यहाँ सात दिनसम्म पनि सेवा लिइएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा यस आवमा १५० बढीले सेवा लिइसकेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । धौलागिरि अस्पताल पछिको धेरै सेवा दिने र धेरै सेवाग्राही आउने अस्पतालमा यो सूचीकृत छ । परियोजनाले जैमिनी नगरपालिकाको कुश्मीसेरा अस्पतालमा पनि प्रतीक्षाघर बनाएको छ । यहाँ अघिल्लो वर्ष २८ जनाले प्रसूति सेवा लिएका थिए । यसअघि निसीखोला, बडिगाड, काठेखोला, बरेङ र ताराखोलामा साझेदारीमा प्रसूति प्रतीक्षा घर बनिसकेका छन् ।

निसीखोलाको बोहोरागाउँ स्वास्थ्यचौकीमा वर्षमा १२० जनासम्म गर्भवती र कुरुवाले उक्त घर उपयोग गरेका छन् । जैमिनीमा बनेको प्रतीक्षा घरको केही दिनअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । जैमिनीलाई बालमैत्री बनाउने अभियानमा आएका मुख्यमन्त्रीले नगर अस्पतालको अनुगमन पनि गर्नुभयो । उहाँले प्रतिक्षाघरले महिलाको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भन्दै बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकार पनि सुरक्षा भएको बताउनुभयो । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कँडेलले आमा र शिशुको स्वास्थ्यमा सम्बोधन परियोजनाको लगानीलाई सबै स्थानीय तह र सरकारी निकायले ग्रहण गर्नसकेमा स्वास्थ्य क्षेत्रमा सुधार र परिवर्तन सम्भव हुने बताउनुभयो।रासस

बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.