• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

थाइराइड र कोलेस्ट्रोलबीच लुकेको सम्बन्ध र बढ्दो हृदयघातको जोखिम

  •  बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

आजभोलि धेरै मानिसको स्वास्थ्यजाँचमा कोलेस्ट्रोल बढेको भन्ने रिपोर्ट देखिन्छ । तर धेरैलाई थाहा छैन, यसको पछाडि थाइराइड ग्रन्थिको समस्या पनि कारण हुन सक्छ । थाइराइड र कोलेस्ट्रोलबीचको यो लुकेको गहिरो सम्बन्ध बुझ्‌न सकेमा हृदयघातको जोखिम समयमै घटाउन मद्दत पुग्दछ ।

थाइराइड भनेको के हो ?

थाइराइड घाँटीको अगाडि रहेको सानो ग्रन्थि हो, जसले शरीरको मेटाबोलिज्म (ऊर्जा प्रयोग गर्ने गति) नियन्त्रण गर्छ । थाइराइड हर्मोन ठिक भए शरीरले बोसो, चिनी र ऊर्जालाई सन्तुलितरूपमा प्रयोग गर्छ ।

थाइराइड बिग्रँदा कोलेस्ट्रोल किन बढ्छ ?

१। हाइपोथाइराइडिज्म (थाइराइड कम हुने अवस्था) : यो अवस्था सबैभन्दा बढी कोलेस्ट्रोल बढाउने कारणमा पर्दछ । थाइराइड हर्मोन कम हुँदा कलेजोले एलडिएल (खराब कोलेस्ट्रोल) राम्रोसँग हटाउन सक्दैन, जसले गर्दा टोटल कोलेस्ट्रोल बढ्छ । कहिलेकाहीँ ट्राइग्लिसिराइड पनि बढ्न सक्दछ । यसकारण हाइपोथाइराइडिज्म भएका व्यक्तिमा हृदयघात र स्ट्रोकको जोखिम बढी हुने गर्दछ ।

२. हाइपरथाइराइडिज्म (थाइराइड बढी हुने अवस्था) : यसमा शरीरको मेटाबोलिज्म तीव्र हुन्छ, जसले गर्दा टोटल कोलेस्ट्रोल घटाउन सक्छ । तर थाइराइड सामान्य भएपछि कोलेस्ट्रोल फेरि बढ्न सक्छ । त्यसैले नियमित जाँच आवश्यक हुन्छ ।

३. सबक्लिनिकल हाइपोथाइराइडिज्म : कतिपयमा थाइराइडको लक्षण नदेखिए पनि टिएसएच मात्र बढेको हुन्छ । यस अवस्थालाई सबक्लिनिकल हाइपोथाइराइडिज्म भनिन्छ । यसले पनि बिस्तारै एलडिएल बढाएर हृदयाघातको जोखिम बढाउन सक्छ । विशेषगरी वृद्ध उमेरका व्यक्तिहरू उच्च जोखिम समूहमा रहन्छन् ।

उपचारले कोलेस्ट्रोल पनि सुधारिन्छ

खुसीको कुरा के छ भने, थाइराइडको सही उपचार भएमा कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । कतिपय अवस्थामा स्टाटिन औषधि नै नचाहिन पनि सक्छ । त्यसकारण नयाँ कोलेस्ट्रोल समस्या देखिँदा थाइराइड जाँच अनिवार्य मानिन्छ । यसमा गम्भीर भएर स्वास्थ्यको ख्याल राख्नु पर्छ ।

थाइराइड कहिले जाँच गर्ने ?

– अचानक कोलेस्ट्रोल बढेमा

– तौल बढ्दै जाने, थकान हुने, चिसो बढी लाग्ने भएमा

– महिलाले उमेर ४० वर्ष कटेपछि

– कोलेस्ट्रोलको औषधि खाँदा मांसपेशी दुखाइ बढेमा

– जीवनशैलीले दुबैलाई फाइदा

– सन्तुलित खाना (फलफूल, सागसब्जी, फाइबर)

– नियमित हिँडडुल र व्यायाम

– अत्यधिक बोसोयुक्त खाना र जङ्क फुड कम गर्ने

थाइराइड र कोलेस्ट्रोल अलगअलग समस्या होइनन् । थाइराइडको समयमै पहिचान र उपचारले कोलेस्ट्रोल नियन्त्रण मात्र होइन, हृदयसम्बन्धी रोगहरूबाट जोगिन पनि ठुलो भूमिका खेल्दछ । कोलेस्ट्रोल मात्र होइन, यसको कारण पनि जाँचौं, स्वस्थ हृदयतर्फ एक कदम अगाडि बढौं ।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.