• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले १ अर्ब रुपैयाँ लगानी थप्ने

  •  बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

काठमाडौं । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले अस्पताललाई २०० शय्यामा स्तरोन्नती गर्न र टेक्नोलोजी थप गर्न १ अर्ब रुपैयाँ लगानी थप्ने भएको छ । बुधबार अस्पतालको ९ औं वार्षिकोत्सव अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका संस्थापक अध्यक्ष डा. सुदिप श्रेष्ठले अस्पताल २०० शय्यामा विस्तार गर्न, रोबटिक सर्जरी, न्युक्लियर मेडिसिन र क्याथ ल्याबलगायतका टेक्नोलोजी थप गर्न आगामी वर्ष १ अर्ब लगानी थप्न लागिएको जानकारी दिए ।

हाल नेपाल क्यान्सर अस्पताल १०० शय्यामा सञ्चालनमा छ । लगानी थपपछि विश्वस्तरीय क्यान्सर केन्द्र बन्ने र त्यसले मेडिकल टुरिज्मको नक्सामा स्थापित गर्ने र नेपाली बिरामी भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने उनले बताए । अस्पतालले ब्लक बीमा थप तल्ला निर्माण गरी २०० शय्यामा विस्तार गर्ने योजना आगामी वर्षमा अगाडि बढाउने भएको छ । यससँगै दुई वटा अत्याधुनिक शल्यक्रिया कक्ष, डेडिकेटेड पोष्ट अपरेटिभ वार्ड, सुविधायुक्त डिलक्स क्याबिन निर्माण र आईसीयुलगायतका सुविधा थप्ने तयारी अस्पतालको छ ।

टेक्नोलोजीतर्फ अस्पतालले रोबटिक सर्जरी, पेटसिटीसहितको न्युक्लियर मेडिसिन, क्याथ ल्याब, सिटी स्क्यान, एचआईपीईसी, ईयुएस, ईबीयुएस, हाई एण्ड युएसजी, क्याथल्याब, फुलफेज आईएचसी तथा माइक्रोबायोलोजी ल्याब्रोटोरी, डिजिटल पिएसीएस प्रणाली र पेपरलेस एचएमआईएस, डेडिकेटेड डाइग्नोष्टिक सेन्टर, ओपीडी क्षेत्रको विस्तार, ग्यास्ट्रोइन्टेस्टीनल डिजिज, रेस्पेटोरी एण्ड चेष्ट डिजिज स्पेसिलिटी सेन्टर, बोनम्यारो ट्रान्सप्लान्ट र सेलुलर थेरापी सेन्टरको स्थापना गर्ने डा. श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आगामी वर्ष अस्पतालले पोलिक्लिनिक तथा वेलनेस सेन्टरसँगै एकेडेमिक कार्यक्रमहरु नर्सिङ, पारामेडिक्स, एमडी/एमएसजस्ता फेलोसीप कार्यक्रमहरु सञ्चालनको समेत योजना बनाएको छ ।

अस्पतालले एक महिनाभित्र एमआरआई मेसिन सञ्चालन ल्याउने तयारी गरेको छ भने दुई महिनाभित्र डिजिटल प्याक सिष्टम र एनएएस सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सन् २०१५ देखि सञ्चालनमा आएको नेपाल क्यान्सर अस्पतालले औपचारिक रुपमा वार्षिकोत्सव मनाउन थालेको भने ९ वर्षअघिदेखि मात्रै हो । अस्पतालमा हाल ११० जना चिकित्सक, २९० जना नर्सिङ स्टाफ, ९८ जना प्राविधिक, ११० हाउसकिपिङ, १३२ प्रशासनिक कर्मचारी गरी ६१० जना कर्मचारी कार्यरत छन् ।

अस्पतालले बहुविधि विशेषज्ञतामा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ । १५ वर्षदेखि क्यान्सर जनचेतना अभियानसमेत सञ्चालन गरिरहेको अस्पतालले एमडी/डिएम फेलोसीप कार्यक्रम समेत सञ्चालन गरिरहेको जनाएको छ । हालसम्म २ अर्ब लगानी भएको नेपाल क्यान्सर अस्पतालमा १ अर्ब लगानी थपिएसँगै कुल लगानी ३ अर्ब पुग्नेछ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल गौतमले बिरामीलाई गुणस्तरीय र विश्वस्तरीय सेवा दिएकै कारण नेपाल क्यान्सर अस्पताल देशकै विश्वसनीय क्यान्सर उपचार केन्द्रका रुपमा विकास भएको बताए । ‘१ अर्ब लगानी थप गरेर नेपालमा क्यान्सर उपचार सेवा प्रभावकारी र पहुँचयोग्य बनाउने योजना छ,’ उनले भने, ‘यसले बिरामीलाई लाभ पुग्नेछ ।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.