• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले १ अर्ब रुपैयाँ लगानी थप्ने

  •  बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

काठमाडौं । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले अस्पताललाई २०० शय्यामा स्तरोन्नती गर्न र टेक्नोलोजी थप गर्न १ अर्ब रुपैयाँ लगानी थप्ने भएको छ । बुधबार अस्पतालको ९ औं वार्षिकोत्सव अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका संस्थापक अध्यक्ष डा. सुदिप श्रेष्ठले अस्पताल २०० शय्यामा विस्तार गर्न, रोबटिक सर्जरी, न्युक्लियर मेडिसिन र क्याथ ल्याबलगायतका टेक्नोलोजी थप गर्न आगामी वर्ष १ अर्ब लगानी थप्न लागिएको जानकारी दिए ।

हाल नेपाल क्यान्सर अस्पताल १०० शय्यामा सञ्चालनमा छ । लगानी थपपछि विश्वस्तरीय क्यान्सर केन्द्र बन्ने र त्यसले मेडिकल टुरिज्मको नक्सामा स्थापित गर्ने र नेपाली बिरामी भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने उनले बताए । अस्पतालले ब्लक बीमा थप तल्ला निर्माण गरी २०० शय्यामा विस्तार गर्ने योजना आगामी वर्षमा अगाडि बढाउने भएको छ । यससँगै दुई वटा अत्याधुनिक शल्यक्रिया कक्ष, डेडिकेटेड पोष्ट अपरेटिभ वार्ड, सुविधायुक्त डिलक्स क्याबिन निर्माण र आईसीयुलगायतका सुविधा थप्ने तयारी अस्पतालको छ ।

टेक्नोलोजीतर्फ अस्पतालले रोबटिक सर्जरी, पेटसिटीसहितको न्युक्लियर मेडिसिन, क्याथ ल्याब, सिटी स्क्यान, एचआईपीईसी, ईयुएस, ईबीयुएस, हाई एण्ड युएसजी, क्याथल्याब, फुलफेज आईएचसी तथा माइक्रोबायोलोजी ल्याब्रोटोरी, डिजिटल पिएसीएस प्रणाली र पेपरलेस एचएमआईएस, डेडिकेटेड डाइग्नोष्टिक सेन्टर, ओपीडी क्षेत्रको विस्तार, ग्यास्ट्रोइन्टेस्टीनल डिजिज, रेस्पेटोरी एण्ड चेष्ट डिजिज स्पेसिलिटी सेन्टर, बोनम्यारो ट्रान्सप्लान्ट र सेलुलर थेरापी सेन्टरको स्थापना गर्ने डा. श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आगामी वर्ष अस्पतालले पोलिक्लिनिक तथा वेलनेस सेन्टरसँगै एकेडेमिक कार्यक्रमहरु नर्सिङ, पारामेडिक्स, एमडी/एमएसजस्ता फेलोसीप कार्यक्रमहरु सञ्चालनको समेत योजना बनाएको छ ।

अस्पतालले एक महिनाभित्र एमआरआई मेसिन सञ्चालन ल्याउने तयारी गरेको छ भने दुई महिनाभित्र डिजिटल प्याक सिष्टम र एनएएस सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सन् २०१५ देखि सञ्चालनमा आएको नेपाल क्यान्सर अस्पतालले औपचारिक रुपमा वार्षिकोत्सव मनाउन थालेको भने ९ वर्षअघिदेखि मात्रै हो । अस्पतालमा हाल ११० जना चिकित्सक, २९० जना नर्सिङ स्टाफ, ९८ जना प्राविधिक, ११० हाउसकिपिङ, १३२ प्रशासनिक कर्मचारी गरी ६१० जना कर्मचारी कार्यरत छन् ।

अस्पतालले बहुविधि विशेषज्ञतामा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ । १५ वर्षदेखि क्यान्सर जनचेतना अभियानसमेत सञ्चालन गरिरहेको अस्पतालले एमडी/डिएम फेलोसीप कार्यक्रम समेत सञ्चालन गरिरहेको जनाएको छ । हालसम्म २ अर्ब लगानी भएको नेपाल क्यान्सर अस्पतालमा १ अर्ब लगानी थपिएसँगै कुल लगानी ३ अर्ब पुग्नेछ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल गौतमले बिरामीलाई गुणस्तरीय र विश्वस्तरीय सेवा दिएकै कारण नेपाल क्यान्सर अस्पताल देशकै विश्वसनीय क्यान्सर उपचार केन्द्रका रुपमा विकास भएको बताए । ‘१ अर्ब लगानी थप गरेर नेपालमा क्यान्सर उपचार सेवा प्रभावकारी र पहुँचयोग्य बनाउने योजना छ,’ उनले भने, ‘यसले बिरामीलाई लाभ पुग्नेछ ।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.