• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मस्तिष्क पक्षाघात : कारण र बच्ने उपाय

  •  शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

मस्तिष्क पक्षाघात (स्ट्रोक) एक गम्भीर स्वास्थ्य समस्या हो, जसमा मस्तिष्कमा जाने रगतको आपूर्ति अचानक अवरुद्ध हुन्छ वा मस्तिष्कभित्र रक्तस्राव हुन्छ । मस्तिष्कलाई आवश्यक अक्सिजन र पोषण नपुग्दा मस्तिष्कका कोषहरू क्षतिग्रस्त वा नष्ट हुन थाल्छन् । समयमै उपचार नगरेमा यसले स्थायी अपाङ्गता हुन्छ । कतिपय अवस्थामा बिरामीको ज्यानसमेत जान सक्छ ।

मस्तिष्क पक्षाघात मुख्यतः दुई प्रकारका हुन्छन् :

इस्केमिक स्ट्रोक (Ischemic Stroke)

यो सबैभन्दा धेरै हुने प्रकार हो । मस्तिष्कमा जाने रक्तनलीमा जमेको रगत (clot) ले रगतको प्रवाह रोकिन्छ ।

हेमोरेजिक स्ट्रोक (Hemorrhagic Stroke)

यो रक्तनली फुटेर मस्तिष्कभित्र रक्तस्राव हुँदा हुने स्ट्रोक हो । यो कम मात्रामा हुने स्ट्रोक भए पनि बढी खतरनाक हुन्छ ।

कसरी हुन्छ मस्तिष्क पक्षाघात ?

मस्तिष्क पक्षाघात निम्न कारणहरूले हुन सक्छ :

उच्च रक्तचाप

मधुमेह

धुम्रपान र मद्यपान

कोलेस्ट्रोल बढ्नु

मुटुसम्बन्धी रोग

मोटोपना र शारीरिक निष्क्रियता

अत्यधिक तनाव

यी कारणहरूले रक्तनली साँघुरो बनाउने, रगत जमाउने वा जमेको रगत फुटाउने काम गर्छन्, जसले गर्दा स्ट्रोक हुन्छ ।

लक्षणहरू

मस्तिष्क पक्षाघातका लक्षणहरू अचानक देखा पर्छन्, जुन यसप्रकार छन् :

शरीरको एक भाग कमजोर हुनु वा चलाउन नसक्नु

मुख बाङ्गिनु

बोली अस्पष्ट हुनु वा बोल्न गाह्रो हुनु

आँखाले राम्रोसँग नदेख्नु

टाउको दुख्नु र चक्कर लाग्नु

सन्तुलन गुम्नु

यस्ता लक्षण देखिने बित्तिकै बिरामीलाई तुरुन्त अस्पताल लैजानु पर्छ । समयमै उपचार पाएमा ज्यान बचाउन सकिन्छ ।

बच्ने उपायहरू

मस्तिष्क पक्षाघातबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ :

रक्तचाप नियन्त्रणमा राख्ने ।

नियमितरुपमा रक्तचाप जाँच गर्ने र आवश्यक परे औषधि सेवन गर्ने ।

स्वस्थ खानपान अपनाउने ।

नुनिलो, चिल्लो र बोसोयुक्त खाना कम गर्ने ।

फलफूल, सागसब्जी र सन्तुलित आहार खाने ।

नियमित व्यायाम गर्ने ।

दैनिक कम्तीमा ३० मिनेट हिँडडुल वा व्यायाम गर्ने ।

धुम्रपान र मद्यपान त्याग्ने । यी दुबै बानीले स्ट्रोकको जोखिम अत्यधिक बढाउँछ ।

मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्ने ।

नियमित जाँच गरी आवश्यक उपचार गर्ने ।

तौल नियन्त्रणमा राख्ने । मोटोपनाले स्ट्रोकको जोखिम बढाउँछ, त्यसैले तौल सन्तुलित राख्नु महत्वपूर्ण हुन्छ ।

तनाव व्यवस्थापन गर्ने । योग, ध्यान र पर्याप्त आरामले मानसिक तनाव घटाउन मद्दत गर्छ ।

मस्तिष्क पक्षाघात एक आकस्मिक तर रोकथाम गर्न सकिने रोग हो । समयमै लक्षण चिन्नु, तुरुन्त उपचार गराउनु र स्वस्थ जीवनशैली अपनाउनु नै यसबाट बच्ने मुख्य उपाय हो । जनचेतना बढाएर र नियमित स्वास्थ्य परीक्षण गरेर यसबाट हुने जोखिमलाई धेरै हदसम्म घटाउन सकिन्छ ।

शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.