• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

  •  शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

बाँके  ।  अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य चुनौती बढाएको छ । तापक्रम निरन्तर उकालो लागेसँगै दैनिक ज्यालादारी गर्ने मजदुर, किसान, विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने आम्दानी घट्नुका साथै गर्मीजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन् ।

बैजनाथ गाउँपालिका–५ निवासी ४७ वर्षीया कमला नेपालीले भन्नुभयो, “दैनिक हजारदेखि एक हजार २०० रुपैयाँसम्म कमाउँथेँ, तर अहिले रु ५०० कमाउन पनि गाह्रो छ ।” वैदेशिक रोजगारबाट फर्किएपछि विगत साढे चार वर्षदेखि रिक्सा चलाउँदै आउनुभएकी कमलाले आफू र सन्तानको खर्च रिक्साको आम्दानीबाट धान्दै आउनुभएको छ । उहाँका अनुसार गर्मी मौसममा बिहान र साँझबाहेक यात्रु कम पाइने भएकाले आम्दानीमा उल्लेख्य कमी आएको छ । “गर्मीमा साँझ र बिहान मात्र यात्रु भेटिन्छन् । दिउँसो कोही पनि निस्कँदैनन्, त्यसैले कमाइ घटेको छ”, कमलाले भन्नुभयो । घरायसी जिम्मेवारीका कारण बिहान र साँझ रिक्सा चलाउन नपाउने भएकाले दिउँसो मात्रै काम गर्नुपर्ने र त्यही समयमा यात्रु नपाइने समस्या रहेको उहाँको भनाइ छ । “सानासाना केटाकेटी छन् । बिहान खाना पकाउने, विद्यालय पुर्‍याउने र घरधन्दा गर्दा रिक्सा चलाउन भ्याइँदैन । साँझ पनि उनीहरूलाई विद्यालयबाट ल्याएपछि समय मिल्दैन । दिउँसो मात्रै रिक्सा चलाउँछु, तर गर्मीले यात्रु पाइँदैन”, उहाँले भन्नुभयो ।

खजुरा गाउँपालिका–३ निवासी पार्वती थारुको आम्दानीमा पनि गर्मीले असर पुर्‍याएको छ । विगत छ वर्षदेखि टनेलखेती गर्दै आउनुभएकी उहाँले यस वर्षको अत्यधिक गर्मीले तरकारी उत्पादनमा ठूलो क्षति पुगेको बताउनुभयो । “तरकारीखेती यसपटक राम्रोसँग फस्टाउन सकेन । उत्पादन कम हुँदा बिक्री पनि घट्यो”, उहाँले भन्नुभयो । यस वर्ष उहाँले करेला र लौकाखेतीका लागि रु एक लाख ७० हजार लगानी गर्नुभएको थियो । तर अपेक्षाअनुसार उत्पादन नभएकाले अघिल्लो वर्षको तुलनामा झण्डै ६० प्रतिशत आम्दानी घटेको उहाँको भनाइ छ । प्रत्येक याममा करिब रु पाँच लाख बराबरको तरकारी बिक्री गर्ने गरेको उल्लेख गर्दै उहाँले यस वर्षको गर्मीले खेतीमा अभूतपूर्व असर पारेको बताउनुभयो । “यो वर्षजस्तो गर्मी पहिले कहिल्यै अनुभव गरेको थिइनँ । मानिस मात्र होइन, तरकारी र बोटबिरुवासमेत गर्मीले प्रभावित भए”, पार्वतीले भन्नुभयो । उहाँका अनुसार पर्याप्त मलजल र स्याहारसुसार गर्दागर्दै पनि केही बिरुवा सुके भने केही कोपिलामै नष्ट भए ।

बाँकेमा अत्यधिक गर्मीका कारण विद्यार्थी पनि प्रभावित भएका छन् । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारी विद्यालयले हरेक वर्षझैँ बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म कक्षा सञ्चालन गरिरहेका छन् । जानकी गाउँपालिका–२ स्थित भृकुटी प्राथमिक विद्यामन्दिरकी शिक्षिका राजकुमारी सिंह ठकुरीले गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा बस्न कठिन भइरहेको बताउनुभयो । “पङ्खा चले पनि कक्षाकोठामा तातो हावाकै महसुस हुन्छ । विद्यार्थीमा थकान, टाउको दुख्ने, चक्कर आउने र पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेको छ”, उहाँले भन्नुभयो । टाढाबाट पैदल हिँडेर विद्यालय आउने विद्यार्थी अझ बढी प्रभावित हुने गरेको उहाँको भनाइ छ । “विद्यार्थीलाई पर्याप्त पानी पिउन, टाउको छोपेरसकेसम्म घामबाट जोगिन सल्लाह दिएका छौँ । अभिभावकले पनि बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

अत्यधिक गर्मीका कारण भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेका अनुसार गर्मीजन्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ । “बालबालिका, बाहिर काम गर्ने युवा तथा ज्येष्ठ नागरिक बढी प्रभावित भइरहेका छन् । शरीरमा पानीको कमी, टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान, वान्ता हुने तथा बेहोस हुनेजस्ता समस्या बढिरहेका छन्”, उहाँले भन्नुभयो । गर्मीबाट बच्न दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन र बाहिर जानै परे छाता, छाउको छोप्न तथा हलुका सुती कपडा प्रयोग गर्न डा राजनले सुझाव दिनुभयो । “तिर्खा लागेपछि मात्र होइन, नियमित रूपमा पर्याप्त पानी पिउनुपर्छ । नरिवल पानी, फलफूलको रस, जाउलो तथा अन्य झोलयुक्त खानेकुराले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ”, उहाँले भन्नुभयो ।

लामो समयसम्म चर्को घाममा बस्दा हिट स्ट्रोकको जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । डा राजनले भन्नुभयो, “सकेसम्म छायाँयुक्त स्थानमा बस्ने, अनावश्यक रूपमा घाममा नहिँड्ने र शरीरमा पानीको कमी हुन नदिने बानीले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । सामान्य लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन, आवश्यक परे चिकित्सकीय परामर्श लिनुपर्छ ।”रासस

शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.