• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

यौनाङ्गबाट स्राव बग्ने समस्या पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ : डा. सरिता राना गुरुङ (भिडियो)

  •  शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

भरतपुर । महिलाहरूको यौनाङ्ग (योनी) बाट लगातार फोहोरपानी वा असामान्य स्राव बग्ने समस्या देखिएमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्न नहुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरिता राना गुरुङले बताएकी छन्। उनका अनुसार यस्तो समस्या पाठेघरको मुखको क्यान्सरसहित विभिन्न स्त्रीरोगको संकेत हुन सक्छ।

डा. गुरुङका अनुसार सामान्य अवस्थामा महिलाको यौनाङ्गबाट थोरै मात्रामा सेतो स्राव निस्कनु प्राकृतिक प्रक्रिया हो। तर स्रावको मात्रा अत्यधिक हुनु, दुर्गन्ध आउनु, रगत मिसिनु, पहेँलो वा हरियो रंगको हुनु तथा लामो समयसम्म निरन्तर बगिरहनु भने स्वास्थ्य समस्याको संकेत हुन सक्छ।

“धेरै महिलाले फोहोर पानी बग्ने समस्यालाई सामान्य ठानेर उपचार गर्न ढिलाइ गर्नुहुन्छ,” उनले भनिन्, “तर कतिपय अवस्थामा यो पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण पनि हुन सक्छ, त्यसैले समयमै जाँच गराउनु आवश्यक हुन्छ।”

उनका अनुसार पाठेघरको मुखको क्यान्सर सुरुआती चरणमा धेरैजसो लक्षणविहीन हुन सक्छ। तर असामान्य यौन स्राव, यौन सम्पर्कपछि रगत बग्ने, महिनावारी बाहेक अन्य समयमा रक्तस्राव हुने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ।

डा. गुरुङले नियमित स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि प्याप स्मियर परीक्षण तथा आवश्यक परे एचपीभी परीक्षण गराउन सुझाव दिएकी छन्। उनका अनुसार प्रारम्भिक चरणमै रोग पत्ता लागेमा उपचार प्रभावकारी हुने र निको हुने सम्भावना धेरै हुन्छ।

उनले एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) संक्रमण पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएको बताउँदै किशोरी तथा युवतीहरूलाई एचपीभी खोप लगाउन पनि आग्रह गरिन्।

महिलाहरूले आफ्नो प्रजनन स्वास्थ्यप्रति सचेत रहन, असामान्य लक्षण देखिएमा लाज वा संकोच नमानी स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनुपर्ने डा. गुरुङको सुझाव छ। समयमै परीक्षण र उपचारले पाठेघरको मुखको क्यान्सरलगायत धेरै गम्भीर रोगबाट जोगिन सकिने उनको भनाइ छ।

शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.