• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

  •  आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित

रौतहट ।  रौतहटमा शनिबार एकैदिन बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी पाँच सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरेको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियानअन्तर्गत तीन फरक–फरक स्थानमा आँखा परीक्षण गरेको हो ।

सेवा फाउन्डेसनको सहयोगमा निजी तथा सामुदायिक विद्यालयबाट छनोट गरिएका बालबालिकालाई लक्षित गरी विशेष आँखा परीक्षण कार्यक्रम समकेत सञ्चालन गरिएको थियो । गौर आँखा अस्पतालका नेत्रअधिकृत शिवकुमार यादव, दृष्टि विशेषज्ञ पुनम यादवसहित करिब १५ सदस्यीय प्राविधिक टोलीले आँखा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरेको थियो । परीक्षणका क्रममा दृष्टिदोष पहिचान भएका ८३ बालबालिकालाई निःशुल्क चश्मा वितरण गरिएको नेत्रअधिकृत यादवले जानकारी दिनुभयो । उहाँका अनुसार समयमै दृष्टिदोषको पहिचान र उपचारले बालबालिकाको अध्ययन तथा दैनिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।

यस्तै डाक फाउन्डेसनको सहयोगमा यमुनामाई गाउँपालिका–४ स्थित जनता मावि, सरुअठा तथा मौलापुर नगरपालिकाअन्तर्गत पथराबुधराम क्षेत्रमा ज्येष्ठ नागरिक लक्षित बृहत् आँखा शिविर सञ्चालन गरिएको थियो । मौलापुरमा अस्पतालकी नेत्रअधिकृत विनीता केशरी, अशोक पासवान, अर्चना सिंहलगायत १२ सदस्यीय प्राविधिक टोलीले स्थानीयको आँखा परीक्षण गरेको थियो ।

शिविरमा ४२३ ज्येष्ठ नागरिकको आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेको अस्पतालकी नेत्रअधिकृत केशरीले जानकारी दिनुभयो । शिविरका क्रममा मोतियाबिन्दु पुष्टि भएका ६८ जनालाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको उहाँले बताउनुभयो । केशरीका अनुसार छनोट भएका बिरामीलाई अस्पतालसम्म ल्याउने, शल्यक्रियापछि पुनः घरसम्म पुर्याउने तथा सम्पूर्ण उपचार खर्च अस्पतालकै योजनाअन्तर्गत निःशुल्क व्यवस्था गरिएको थियो ।

ती बिरामीको गौर आँखा अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलीद्वारा लेन्ससहित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिने भएको छ । अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले शल्यक्रियादेखि घर फर्काउने व्यवस्थासम्म सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने बताउँदै यस्ता महाअभियानले ग्रामीण तथा विपन्न समुदायमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा सबैको साझेदारी’ मूल नारासहित गौर आँखा अस्पतालले सञ्चालन गरिरहेको महाअभियान वर्षभरि जारी रहने अस्पतालका प्रशासक नागेश्वरप्रसाद चौधरीले जानकारी दिनुभयो ।रासस

आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.