नवलपुर । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं. १ र ६ नागरिकहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँघरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराई लाभ लिएका थिए ।
कार्यक्रममार्फत सहभागीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो।
बुलिङटार गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने बताएको छ।

