• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपालमा सेवा सुविधा कम भएको कारण पलायन हुँदैछन् चिकित्सक

  •  मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
काठमाडौँ । आकर्षक सेवा सुविधा पाउने मोहमा  प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका  लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ । नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै  दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै सङ्ख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ ।
काउन्सिलमा सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सककोे दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका थिए । सोही वर्ष दुई हजार ३९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस वर्ष लाइसेन्स लिएकाले भन्दा २६८ जना बढी चिकित्सक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले सन् २०२० यता १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका र ११ हजार ६८ चिकित्सक बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको राससलाई बताउनुभयो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि चिकित्सकहरु राम्रो सेवा सुविधाका लागि विदेश जाने गरेको बताउनुहुन्छ । विदेशमा आकर्षक तलव, सेवा सुविधाका कारणले चिकित्सक जाने गरेका छन् । उहाँका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, वेलायत, माल्दिभ्स, सयुक्त अरब इमिरेट, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मन जाने गर्छन् । नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने गर्दछ । त्यसैले स्नातकोत्तर तह पढ्दै र अस्पतालमा काम गर्न असल चारित्रिक प्रमाण पत्र लिने गरेको निमित्त रजिष्ट्रार डा पाण्डेले बताउनुभयो ।
काउन्सिलको तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२० यता वर्षमा दुई हजार ९९५ जना चिकित्सक गएका छन् । अमेरिकापछि बेलायतमा दुई हजार ६३७ जना, माल्दिभ्समा दुई हजार २४१ जना, अस्टे«लिया ८४८ जना, संयुक्त अरब इमिरेटसमा ७२० जना, क्यानडामा १४८ जना, जर्मनमा ९२ जना चिकित्सक गएका तथ्याङ्कमा देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ९१८ जना चिकित्सक गएको तथ्याङ्क  छ । काउन्सिलका अनुसार चिकित्सक  विभिन्न २३ मुलुक जाने गरेका छन् ।
सन् २०२० मा ८६९ जना चिकित्सक मुलुक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्  । यस्तै सन् २०२१ मा एक हजार ३२७ जना, सन् २०२२ मा एक हजार ९५४ जना, सन् २०२३ मा दुई हजार ३१८ जना, सन् २०२४ मा दुई हजार २१० जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
“चिकित्सकले असल चारित्रिक प्रमाणपत्र विदेशमा जागिर र पढनका लागि लिन गर्दछन्”, निमित्त रजिष्ट्रार पाण्डेले भन्नुभयो, “तर नेपालबाट धेरै जसो चिकित्सक पढ्नभन्दा पनि विदेशमा गएर नाकरी गर्नका लागि असल चारित्रिक प्रमाण पत्र लिने गरेका छन् ।”
सन् २०२० मा दुई हजार १३१ जना चिकित्सकले दर्ता प्रमाणपत्र लिएका छन् । सन् २०२१ मा एक हजार ७१६ जना, सन् २०२२ मा दुई हजार ८५ जना, सन् २०२३ मा दुई हजार ६९२ जना, सन् २०२४ मा दुई हजार ३९४ जना चिकित्सकले काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका छन् ।
नेपालमा सेवा सुविधा कम भएको कारणले चिकित्सक रोजगारीका लागि विदेश जाने गरेका छन् । काउन्सिलमा अहिलेसम्म ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन् । रासस

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.