• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि ः डब्ल्यूएचओ

  •  बुधबार, असार १०, २०८३ मा प्रकाशित

किन्शासा । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जनाएको छ । डब्ल्यूएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्कले हाल ३८७ जना बिरामीहरू उपचार प्राप्त गरिरहेको भने ११५ जना निको भएको देखाएको छ ।

कङ्गोका अधिकारीहरूले ४४ जना व्यक्तीको संकास्पद मृत्यु सहित १३१ वटा सङ्काशपद घटनाहरूको पनि रिपोर्ट गरेका छन् । आफ्नो दैनिक महामारी रिपोर्टमा कङ्गोको स्वास्थ्य मन्त्रालयले जारी गरेको सामुदायिक प्रसारणका आधारमा साप्ताहिक रुपमा पुष्टि भएका सङ्क्रमणका घटनाहरुमा पनि वृद्धि देखाइएको छ । तथ्याङ्कले महामारी विज्ञान र प्रयोगशाला निगरानीका साथै निदान क्षमताको विकेन्द्रीकरणसहित तीव्र जनस्वास्थ्य उपायहरूले पहिले रोग पत्ता लगाउन योगदान पुर्याएको र विस्तारित सामुदायिक सङ्क्रमणको पुष्टि गरेको बताएको छ ।

अफ्रिकामा इबोला रोगको प्रकोपको पहिलो महिनामा पुष्टि भएका घटनाहरूको यो सबैभन्दा ठूलो सङ्ख्या भएको डब्लुएचओका “हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसन ” का निर्देशक अब्दिराहमान महामुदले मङ्गलबार जेनेभामा पत्रकार सम्मेलनमा बताउनुभएको छ । महामुदले रोगको फैलावट र विस्तार तिव्र गतिमा भइरहेको उल्लेख गर्दै विगत दुई हप्तामा उपचार क्षमता पनि बढेर “१९ वटा स्वास्थ्य क्षेत्रहरूबाट ५०० भन्दा बढी सैया सहित सेवा गर्न सक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

प्रयोगशाला क्षमता पनि तीव्र रूपमा विस्तार गरिएको बताउदै उहाँले प्रकोपको सुरुमा राजधानी किन्शासामा प्रति दिन लगभग ३० जनामा परीक्षण गर्दै आएकोमा हाल इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूमा आठ विकेन्द्रीकृत प्रयोगशालाहरूको सञ्जाल मार्फत प्रति दिन दुई हजार जना भन्दा बढीको परीक्षण सम्भव भएको बताउनु भएको छ । डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले मङ्गलबार आफू चाँडै उच्च प्रकोपको रहेको इटुरी प्रान्तको प्रतिक्रिया सञ्चालनको अनुगमन गर्ने बताउनु भएको छ । बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमियीसँग किन्शासामा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो टिप्पणी गरेको जनाइएको छ ।

पत्रकार सम्मेलन अघि, दुई नेताहरूलाई मध्य अफ्रिकी देशको राष्ट्रिय इबोला प्रतिक्रिया टास्क फोर्ससँगको बैठकमा कङ्गोको महामारी सम्बन्धी अवस्था र प्रतिक्रिया उपायहरूको बारेमा जानकारी दिइएको थियो । इबोलाको प्रकोपलाई नियन्त्रण गर्न, त्सेसेकेदीले रोकथाम, महामारी विज्ञान निगरानी र द्रुत सूचना–साझेदारीमा आधारित बलियो क्षेत्रीय सहयोगको लागि पनि आह्वान गर्नु भएको छ । नदाइसिमियेले अफ्रिकी देशहरू र व्यापक अन्तर्राष्ट्रिय समुदायलाई सीमा बन्द नगर्न पनि आग्रह गरेको जनाइएको छ । यसैगरी लगभग ९० प्रतिशत सङ्क्रमण भएको डीआरसीको इटुरी प्रान्तको सिमानामा रहेको युगान्डामा पनि २० जनामा इबोला सङ्क्रमण भएकोे पुष्टि गर्दै १४ जना निको भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार रिपोर्ट गरिएका सङ्क्रमणका घटनाहरु मध्ये १५ वटा आयातित केशहरु हुन । मंगलबार पनि, युगान्डा र डीआरसीले इबोला प्रकोपसँग लड्न साझा निगरानी र द्रुत प्रतिक्रिया टोली, मोबाइल प्रयोगशालाहरू, र इबोला उपचार केन्द्रहरूको संयुक्त तैनातीलाई समेट्दै सीमापार सहयोग सुरु गरेको जनाइएको छ । गत शुक्रबार जारी गरिएको डब्ल्यूएचओ तथ्याङ्क अनुसार, नयाँ स्वास्थ्य क्षेत्रहरूमा प्रकोपको निरन्तर विस्तारका कारण कङ्गोमा इबोला सम्बन्धी स्वास्थ्य जोखिम उच्च रहेको छ, जसले थप राष्ट्रिय र क्षेत्रीय फैलावटको सम्भावना बढाएको छ । यसैबीच, युगान्डामा आयातित केशहरु र पूर्वी कङ्गो र पश्चिमी युगान्डा कोरिडोरको साथ महामारी विज्ञान लिङ्कहरू मार्फत सीमापार फैलावटको पुष्टि भएको कारण जोखिम उच्च रहेको जनाइएको छ।रासस

बुधबार, असार १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.