• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

फोक्सो स्वस्थ राख्न जान्नै पर्ने कुराहरू

  •  बुधबार, असार १०, २०८३ मा प्रकाशित

मानिसको शरीरमा फोक्सो अत्यन्त महत्वपूर्ण अंग हो । हामीले लिने सासमार्फत शरीरमा अक्सिजन पुर्‍याउने र शरीरभित्रको कार्बनडाइअक्साइड बाहिर निकाल्ने काम फोक्सोले गर्छ । फोक्सो स्वस्थ भए शरीरका अन्य अंगहरूले पनि राम्रोसँग काम गर्न सक्छन् । तर पछिल्लो समय प्रदूषण, धूमपान, धुलोधुवाँ, संक्रमण र अस्वस्थ जीवनशैलीका कारण फोक्सोसम्बन्धी समस्या बढ्दै गएको पाइन्छ ।

पहिले फोक्सोको रोग वा समस्यामा क्षयरोग र दम मात्रै देखिन्थ्यो । अहिले फोक्सोको संक्रमण, एलर्जी, निमोनिया, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज ९ऋइएम्०, फोक्सोको क्यान्सरलगायत समस्या धेरै देखिन थालेका छन् । त्यसैले फोक्सोलाई स्वस्थ राख्न दैनिक जीवनमा केही महत्वपूर्ण कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

धूमपानबाट टाढा रहन आवश्यक

फोक्सो बिगार्ने सबैभन्दा ठूलो कारण धूमपान हो । चुरोट, बिँडी, सुर्ती र भेपले फोक्सोलाई बिस्तारै कमजोर बनाउँछ । धूमपान गर्ने व्यक्तिमा दम, ऋइएम्, फोक्सोको संक्रमण र क्यान्सरको जोखिम धेरै हुन्छ । आफैंले मात्रै होइन, अरूले तानेको चुरोटको धुवाँ पनि शरीरका लागि हानिकारक हुन्छ । त्यसैले धूमपान नगर्ने र धुवाँयुक्त स्थानबाट टाढा रहन आवश्यक हुन्छ ।

धुलो र प्रदूषणबाट बच्ने

सहरमा बढ्दो सवारीसाधन, उद्योगधन्दा र सडकको धुलोका कारण वायु प्रदूषण बढ्दै गएको छ । प्रदूषित हावाले फोक्सोमा सिधा असर गर्छ । धेरै समय धुलो वा धुवाँ भएको ठाउँमा बस्दा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती भारी हुने समस्या देखिन सक्छ ।

विशेषगरी सडकमा काम गर्ने, निर्माण क्षेत्रमा काम गर्ने र उद्योगमा काम गर्ने व्यक्तिले मास्क प्रयोग गर्नुपर्छ । घरबाहिर निस्कँदा राम्रो गुणस्तरको मास्क लगाउने बानीले फोक्सोलाई धेरै हदसम्म सुरक्षित राख्न मद्दत गर्छ ।

नियमित व्यायाम गर्नु फाइदाजनक

व्यायामले फोक्सोलाई बलियो बनाउँछ । दैनिक हिँड्ने, दौडिने, साइकल चलाउने, योग गर्ने वा हल्का कसरत गर्ने बानीले श्वासप्रश्वास प्रणाली राम्रो हुन्छ । व्यायाम गर्दा शरीरमा अक्सिजनको मात्रा राम्रोसँग पुग्छ र फोक्सोको क्षमता बढ्छ ।

विशेषगरी बिहानको सफा वातावरणमा हिँडडुल गर्दा फोक्सोलाई फाइदा पुग्छ । तर अत्यधिक प्रदूषण भएको समयमा बाहिरी व्यायाम गर्नु उपयुक्त हुँदैन ।

स्वस्थ खानपानमा ध्यान दिनुपर्छ

फोक्सो स्वस्थ राख्न पोषणयुक्त खाना पनि आवश्यक हुन्छ । हरियो सागसब्जी, फलफूल, भिटामिन सीयुक्त खाना, गाजर, अदुवा, बेसार, लसुनलगायत खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

पर्याप्त पानी पिउँदा शरीर हाइड्रेट रहन्छ र श्वासप्रश्वास प्रणाली राम्रो हुन्छ । अत्यधिक चिल्लो, प्रशोधित तथा जंकफुड खाने बानीले शरीर कमजोर बनाउने भएकाले यस्ता खानेकुरा कम खानु राम्रो मानिन्छ ।

संक्रमणबाट बच्ने

फोक्सोमा संक्रमण लागे निमोनिया, ब्रोङ्काइटिसलगायत समस्या हुन सक्छन् । विशेषगरी चिसो मौसममा रुघाखोकी बढ्ने भएकाले सावधानी अपनाउनुपर्छ । साबुनपानीले हात धुने, भीडभाडमा मास्क प्रयोग गर्ने र बिरामी व्यक्तिबाट केही दुरी कायम गर्ने बानीले संक्रमणबाट बच्न मद्दत गर्छ । बच्चा, वृद्धवृद्धा र दीर्घरोगीहरूमा फोक्सोको संक्रमण छिटो हुने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ ।

घरको वातावरण सफा राख्ने

धेरैजसो मानिस घरभित्रको धुवाँबाट पनि प्रभावित हुन्छन् । दाउरा, कोइला वा मट्टितेलको धुवाँले फोक्सोमा असर गर्न सक्छ । भान्सामा राम्रो भेन्टिलेसन हुनुपर्छ । सकेसम्म धुवाँ कम हुने इन्धन प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । घरमा धुलो धेरै जम्मा हुन नदिने, नियमित सफाइ गर्ने र कोठामा ताजा हावा आउने व्यवस्था मिलाउनुपर्छ ।

पर्याप्त निद्रा र तनाव नियन्त्रण

तनावले शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । पर्याप्त निद्रा नपुग्दा शरीर थकित हुने र संक्रमणको जोखिम बढ्ने सम्भावना हुन्छ । त्यसैले दैनिक ७–८ घण्टा निद्रा आवश्यक मानिन्छ ।

ध्यान, योग, सकारात्मक सोच र नियमित दिनचर्याले मानसिक तनाव कम गर्न मद्दत गर्छ । मानसिक स्वास्थ्य राम्रो हुँदा शारीरिक स्वास्थ्य पनि राम्रो रहन्छ ।

समयमै स्वास्थ्य जाँच आवश्यक

लामो समयसम्म खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, रगतसहितको खोकी आउने वा थकान बढ्ने समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । कतिपय मानिसले सामान्य खोकी भनेर बेवास्ता गर्दा रोग जटिल बन्न सक्छ । विशेषगरी धूमपान गर्ने व्यक्ति, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिले नियमित फोक्सो परीक्षण गराउनु उपयोगी हुन्छ ।

फोक्सो स्वस्थ राख्न दैनिक जीवनशैलीमा सुधार गर्नु अत्यन्त आवश्यक छ । धूमपानबाट टाढा रहने, प्रदूषणबाट बच्ने, नियमित व्यायाम गर्ने, स्वस्थ खाना खाने र संक्रमणबाट जोगिने बानीले फोक्सोलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ ।

सास नै जीवनको आधार हो । त्यसैले फोक्सोको स्वास्थ्यप्रति सचेत हुनु आजको आवश्यकता बनेको छ । समयमै सावधानी अपनाउने हो भने धेरै फोक्सो सम्बन्धी रोगबाट बच्न सकिन्छ ।

बुधबार, असार १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.