• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

मधेशको स्वास्थ्य क्षेत्रमा सक्रिय डा. निरजकुमार सिंह

  •  सोमबार, असार १५, २०८३ मा प्रकाशित

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सेवाभाव, अनुभव र समर्पणका साथ सक्रिय चिकित्सकका रूपमा परिचित नाम हो डा. निरजकुमार सिंह । फिजिसियन चिकित्सकको रूपमा लामो समयदेखि स्वास्थ्य सेवामा क्रियाशील उहाँले बिरामीको उपचार, जनस्वास्थ्य सचेतना तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ । वीरगञ्ज तथा आसपासका क्षेत्रमा उहाँलाई भरोसायोग्य र सेवाप्रति कटिबद्ध चिकित्सकका रूपमा चिन्ने गरिन्छ ।

स्वास्थ्य सेवा क्षेत्रलाई केवल पेशा नभई मानव सेवाको माध्यमका रूपमा लिने डा. सिंह बिरामीप्रतिको आत्मीय व्यवहार र जिम्मेवार तरिकाको उपचार शैलीका कारण धेरैको विश्वास जित्न सफल हुनुभएको छ । विशेषगरी दीर्घरोग, मधुमेह, उच्च रक्तचाप, ज्वरो, संक्रमणलगायत विभिन्न जटिल स्वास्थ्य समस्याका बिरामीलाई सहज र प्रभावकारी उपचार सेवा प्रदान गर्दै उहाँ निरन्तर सक्रिय रहनुभएको छ ।

वीरगञ्ज नेपालकै प्रमुख व्यापारिक तथा औद्योगिक शहरमध्ये एक हो । तीव्र जनसंख्या वृद्धि, प्रदूषण, व्यस्त जीवनशैली र बदलिँदो खानपानका कारण यहाँ विभिन्न स्वास्थ्य समस्या बढ्दो अवस्थामा छन् । यस्तो परिस्थितिमा अनुभवी फिजिसियनको भूमिका अत्यन्त महत्वपूर्ण हुने गर्दछ । डा. निरजकुमार सिंहले यस्तै चुनौतीपूर्ण अवस्थामा हजारौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ ।

डा. सिंहले बिरामीको रोग पहिचान र उपचारमा वैज्ञानिक तथा व्यावहारिक अभ्यास अपनाउने गर्नुभएको देखिन्छ । धेरै बिरामी उपचारका लागि आउँदा मानसिकरूपमा समेत तनावमा हुने भएकाले बिरामीलाई आत्मविश्वास दिलाएर उपचार प्रक्रिया अगाडि बढाउनु चिकित्सकको दायित्व भएको उहाँ बताउनुहुन्छ । यही कारण उहाँको व्यवहार र उपचारशैलीप्रति बिरामीहरू सन्तुष्ट देखिन्छन् ।

उपचार सेवासँगै जनस्वास्थ्य सचेतना फैलाउने कार्यमा पनि डा. सिंह सक्रिय रहनुभएको छ । समयमै स्वास्थ्य परीक्षण, नियमित व्यायाम, सन्तुलित खानपान तथा जीवनशैली व्यवस्थापनमार्फत धेरै रोगबाट बच्न सकिने सन्देश उहाँले निरन्तर दिँदै आउनुभएको छ । उहाँका अनुसार अहिले धेरै मानिसमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग तथा मोटोपन जस्ता समस्या बढ्दै गइरहेको छ, जसको मुख्य कारण अस्वस्थ जीवनशैली हो ।

विशेषगरी मौसम परिवर्तनसँगै देखिने संक्रमणजन्य रोग, डेंगु, टाइफाइड, भाइरल ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको उपचारमा पनि उहाँ सक्रिय रहनुभएको छ । समयमै परीक्षण र उपचार गर्न सके धेरै जटिल स्वास्थ्य अवस्थाबाट बच्न सकिने उहाँको धारणा छ ।

डा. निरजकुमार सिंह स्वास्थ्य क्षेत्रको विकासका लागि आधुनिक प्रविधि र गुणस्तरीय उपचार प्रणाली आवश्यक रहेको बताउनुहुन्छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीबीच विश्वासको सम्बन्ध बलियो हुनुपर्ने उहाँको भनाइ छ । बिरामीको समस्या ध्यानपूर्वक सुन्ने र सही परामर्श दिने बानीले उपचारमा सकारात्मक परिणाम आउने उहाँको अनुभव छ ।

उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्य शिविर, निःशुल्क परामर्श कार्यक्रम तथा स्वास्थ्य सचेतनामूलक गतिविधिमा पनि सहभागिता जनाउँदै आउनुभएको छ । ग्रामीण क्षेत्रका तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउनुपर्ने आवश्यकता उहाँले विभिन्न अवसरमा औंल्याउने गर्नुभएको पाइन्छ । डा. सिंहले कोभिड १९ को महामारीको समयमा चिकित्सकको रुपमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । उहाँले नेपाल चिकित्सक संघको मधेश प्रदेश संयोजक र केन्द्रीय उपाध्यक्षको नेतृत्व समाल्नुभएको थियो ।

डा. निरजकुमार सिंह बिरामीको उपचारमा जति सक्रिय हुनुहुन्छ, त्यति नै चिकित्सकहरूप्रति परेका समस्याहरूलाई समाधान गर्नका लागि सतिसाल जस्तै उपस्थिति देखाउने उहाँको व्यवहारका कारण पनि उहाँ सबैको प्रिय चिकित्सक बन्न सफल हुनुभएको छ ।

व्यस्त चिकित्सकीय जीवनका बाबजुद पनि उहाँ बिरामीको सेवामा निरन्तर समर्पित देखिनुहुन्छ । दिनहुँ ठूलो संख्यामा बिरामीको उपचारमा संलग्न हुँदा बिरामीसँग आत्मीय व्यवहार गर्नु उहाँको विशेषता मानिन्छ । यही सेवाभावका कारण उहाँ वीरगञ्जका लोकप्रिय चिकित्सकमध्ये एकका रूपमा स्थापित हुनुभएको छ ।

डा. सिंहका अनुसार अहिले स्वास्थ्य क्षेत्रमा चुनौतीसँगै अवसर पनि बढिरहेका छन् । नयाँ प्रविधि, आधुनिक उपचार प्रणाली र जनचेतनाको विकासले स्वास्थ्य सेवा अझ प्रभावकारी बन्दै गएको उहाँको बुझाइ छ । तर स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन अझै धेरै प्रयास आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

वीरगञ्जको स्वास्थ्य क्षेत्रमा डा. निरजकुमार सिंहले पुर्‍याउनुभएको योगदान प्रेरणादायी मानिन्छ । बिरामीप्रतिको समर्पण, जिम्मेवार उपचार सेवा र समाजप्रतिको सकारात्मक सोचका कारण उहाँले स्वास्थ्य क्षेत्रमा आफ्‌नो छुट्टै पहिचान निर्माण गर्नुभएको छ । स्वास्थ्य सेवा नै मानव सेवाको सबैभन्दा ठूलो माध्यम हो भन्ने सोचका साथ निरन्तर सक्रिय उहाँजस्ता चिकित्सकको योगदान समाजका लागि महत्वपूर्ण रहँदै आएको छ ।

मधेश जन्मथलो भएका सयौं नेपालका वरिष्ठ चिकित्सकहरू जन्मथलो बाहिर कर्ममा रमाइरहेको देखिन्छ । तर डा. निरजकुमार सिंहले काठमाडौँमा पेशागत सुनौलो अवसर त्याग्नुभयो । उहाँ आफ्‌नो मेडिकल अध्ययन सकेर आफू जन्मेको, बढेको, पढेको क्षेत्रलाई नै कर्मथलो बनाई जनतालाई स्वास्थ्य सेवा दिने र सचेत गराउने अभियानमा सक्रिय हुनुहुन्छ ।

सोमबार, असार १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.