• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेपालमा फर्मा बजारको सम्भावना र चुनौती

  •  मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित

नेपालको औषधि (फर्मास्युटिकल) बजार पछिल्ला वर्षहरूमा तीव्ररूपमा विस्तार हुँदै गएको क्षेत्र हो । स्वास्थ्य सेवाप्रति बढ्दो सचेतना, जनसंख्याको वृद्धि, शहरीकरण, जीवनशैलीमा आएको परिवर्तन तथा दीर्घ रोगहरूको बढ्दो प्रकोपले नेपाली फर्मा बजारलाई नयाँ उचाइमा पुर्‍याएको छ । आज नेपालमा औषधिको माग केवल उपचारका लागि मात्र नभई रोकथाम, दीर्घकालीन व्यवस्थापन र स्वास्थ्य सुधारका लागि समेत बढ्दै गएको छ । यसले फर्मा उद्योगलाई सम्भावनायुक्त तर चुनौतीपूर्ण क्षेत्रका रूपमा स्थापित गरेको छ ।

नेपालमा फर्मा बजारको सबैभन्दा ठूलो सम्भावना घरेलु उत्पादनको विस्तारमा देखिन्छ । हाल नेपालमा दर्जनौं औषधि उद्योगहरू सञ्चालनमा छन् । जसले सामान्य एन्टिबायोटिकदेखि जटिल औषधिसम्म उत्पादन गर्दै आएका छन् । स्वदेशी उत्पादन वृद्धि भएमा आयातमा निर्भरता घटाउन सकिन्छ, जसले विदेशी मुद्रा बचत गर्न मद्दत गर्छ । साथै, गुणस्तरीय औषधि स्वदेशमै उत्पादन हुँदा मूल्य पनि तुलनात्मक रूपमा सस्तो पर्न सक्छ, जसले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्‍याउँछ ।

जनसंख्याको वृद्धि र स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै औषधिको माग निरन्तर बढिरहेको छ । ग्रामीण क्षेत्रसम्म स्वास्थ्य चौकी, अस्पताल र क्लिनिक विस्तार हुँदा औषधि खपत पनि बढेको छ । मधुमेह, उच्च रक्तचाप, मुटु रोग, क्यान्सर जस्ता नसर्ने रोगहरूको वृद्धि नेपालका लागि ठूलो बजार अवसर हो । यी रोगहरूको दीर्घकालीन उपचारका लागि नियमित औषधि सेवन आवश्यक हुने भएकाले फर्मा बजार स्थायीरूपमा विस्तार हुँदै गएको छ ।

त्यसैगरी, निजी अस्पताल, क्लिनिक तथा मेडिकल स्टोरहरूको वृद्धि पनि बजार विस्तारको अर्को कारण हो । स्वास्थ्य बीमा कार्यक्रमको विस्तारले पनि औषधि पहुँचलाई सहज बनाएको छ । मानिसहरू पहिलेभन्दा बढी स्वास्थ्य परीक्षण र उपचारतर्फ आकर्षित भएका छन् । जसले औषधिको मागलाई थप बढाएको छ ।

नेपालको फर्मा उद्योगमा अनुसन्धान र विकास (R&D) को सम्भावना पनि उल्लेखनीय छ । नयाँ रोग, एन्टिबायोटिक प्रतिरोध र आधुनिक उपचार पद्धतिका लागि अनुसन्धान आवश्यक छ । यदि नेपालमा (R&D) क्षेत्रमा लगानी बढाइयो भने नयाँ औषधि उत्पादन, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास हुन सक्छ । तर यति धेरै सम्भावना भए पनि नेपाली फर्मा बजारमा विभिन्न चुनौतीहरू पनि विद्यमान छन् । सबैभन्दा ठूलो चुनौती आयातमा अत्यधिक निर्भरता हो । नेपालमा प्रयोग हुने औषधिको ठूलो हिस्सा भारत, बङ्गलादेश, युरोप र अन्य देशबाट आयात हुन्छ । यसले मूल्य नियन्त्रणमा कठिनाइ ल्याउँछ र आपूर्ति प्रणाली पनि बाह्य परिस्थितिमा निर्भर बनाउँछ ।

दोस्रो चुनौती गुणस्तर नियन्त्रण अर्को चुनौती हो । केही उद्योगहरूमा उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार नहुनु, नियमन कमजोर हुनु तथा अनुगमन प्रभावकारी नहुनु जस्ता समस्या देखिन्छन् । गुणस्तर कमजोर भएमा बिरामीको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पर्न सक्छ ।

तेस्रो चुनौती भनेको दक्ष जनशक्तिको कमी हो । फर्मासिस्ट, केमिस्ट, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिको अभावले उद्योगको विकासलाई केही हदसम्म सीमित बनाएको छ । आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति बिना प्रतिस्पर्धी बजारमा टिक्न कठिन हुन्छ ।

चौथो चुनौती मूल्य प्रतिस्पर्धा अर्को चुनौती हो । विदेशी कम्पनीहरू ठूलो मात्रामा उत्पादन गर्ने भएकाले उनीहरूले कम मूल्यमा औषधि उपलब्ध गराउन सक्छन् । यसले स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा दबाब दिन्छ ।

पाचौं चुनौती नियामक प्रणालीसंग सम्बन्धित छ । औषधि दर्ता, अनुमति प्रक्रिया र बजार अनुगमन अझै पनि पूर्णरूपमा डिजिटल र पारदर्शी बन्न सकेको छैन । यसले केही अव्यवस्थित अभ्यासहरूलाई बढावा दिन सक्छ ।

छठौं चुनौती जुन उत्पादन स्वदेशी औषधि उद्योगले गरि रहेका छन् । त्यही औषधि बिदेशबाट आयात हुदाँ र स्वदेशी औषधि उद्योगले पनि एकै प्रकारको औषधि उत्पादन गर्दा र बजारीकरण गर्दा अस्वस्थ प्रतिर्स्पधा बढेर उद्योगको ठूलो रकम बजारमै नै रहेको छ । ग्रामीण क्षेत्रमा औषधि वितरण प्रणाली अझै कमजोर छ । दुर्गम स्थानहरूमा औषधिको आपूर्ति समयमै नपुग्दा उपचारमा समस्या हुने अवस्था छ । चिसो भण्डारण ९अयमि अजबष्ल० व्यवस्थापनको अभावले केही औषधिहरूको गुणस्तरमा असर पार्न सक्छ ।

यी चुनौतीहरूका बाबजुद पनि नेपाली फर्मा बजारको भविष्य उज्ज्वल छ । यदि सरकारले नीति सुधार, लगानी प्रोत्साहन, अनुसन्धान विकास र गुणस्तर नियन्त्रणमा ध्यान दिन सकेमा यो क्षेत्र आत्मनिर्भर बन्न सक्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कर छुट, अनुदान तथा प्राविधिक सहयोग आवश्यक छ ।

डिजिटल प्रणालीमार्फत औषधि दर्ता, वितरण र अनुगमनलाई प्रभावकारी बनाउन सकिन्छ । विश्वविद्यालय र उद्योगबीच सहकार्य बढाएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जनचेतना वृद्धि गरेर अनावश्यक औषधि प्रयोग नियन्त्रण गर्न पनि आवश्यक छ । नेपाली फर्मा बजार उच्च सम्भावनायुक्त तर चुनौतीपूर्ण क्षेत्र हो । सही नीति, गुणस्तर सुधार, दक्ष जनशक्ति विकास र स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सके नेपालले भविष्यमा आत्मनिर्भर मात्र नभई औषधि निर्यात गर्ने देशको रूपमा पनि उभिन सक्ने सम्भावना प्रबल देखिन्छ ।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.