• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

डिप्रेसन के हो ? यो समस्याबाट कसरी बच्ने ?

  •  बिहिबार, असार १८, २०८३ मा प्रकाशित

डिप्रेसन भनेको लामो समयसम्म लगातार उदासी, निराशा र रुचि हराउने अवस्था हो । यो केवल सामान्य दुःख होइन, बरु मस्तिष्कको रसायन र भावनात्मक सन्तुलन बिग्रँदा देखिने रोग हो । आजको आधुनिक जीवनशैली, बढ्दो प्रतिस्पर्धा, आर्थिक दबाब, पारिवारिक समस्या तथा सामाजिक तनावका कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या तीव्र रूपमा बढ्दै गएको छ । तीमध्ये ‘डिप्रेसन’ एक गम्भीर तर सामान्यरूपमा देखिने मानसिक रोग हो । धेरै मानिसले यसलाई सामान्य मन दुख्ने, तनाव हुने वा केही समयको निराशा मात्र ठान्ने गर्छन् । तर वास्तविकतामा डिप्रेसनले व्यक्तिको सोच, भावना, व्यवहार तथा दैनिक जीवनमा गहिरो असर पार्न सक्छ ।

डिप्रेसनका लक्षणहरू

डिप्रेसनका लक्षण व्यक्ति अनुसार फरक हुन सक्छन् । तर सामान्यरूपमा देखिने प्रमुख लक्षणहरू यस्ता छन् :

लामो समयसम्म उदास, निराश वा खालीपन महसुस हुनु, पहिले मनपर्ने कामहरूमा पनि रुचि नलाग्नु, अत्यधिक थकान र ऊर्जा कमी हुनु, निद्रामा समस्या (धेरै सुत्ने वा निद्रा नलाग्ने), भोक कम वा धेरै लाग्नु, ध्यान केन्द्रित गर्न कठिन हुनु, आत्मविश्वास घट्नु र आफूलाई बेकार ठान्नु, बारम्बार नकारात्मक सोच आउनु, आत्महानि वा आत्महत्याको सोच आउनु जस्ता लक्षणहरू दुई हप्ताभन्दा बढी समयसम्म निरन्तर देखिन्छन् भने यसलाई सामान्य ठान्नु हुँदैन र तुरुन्त मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ ।

डिप्रेसनका कारणहरू

डिप्रेसन एक मात्र कारणले हुने रोग होइन । यो विभिन्न जैविक, मानसिक र सामाजिक कारणहरूको संयोजनले हुन्छ । मुख्य कारणहरू यस्ता छन् :

अत्यधिक मानसिक तनाव र दबाब, पारिवारिक कलह वा सम्बन्धमा समस्या, आर्थिक कठिनाइ, एक्लोपन र सामाजिक समस्या, दीर्घकालीन शारीरिक रोग, नशालु पदार्थको प्रयोग, वंशाणुगत (आनुवंशिक) कारण, जीवनमा ठूलो नोक्सानी वा दुर्घटना, कहिलेकाहीँ कुनै स्पष्ट कारण नभए पनि मस्तिष्कमा हुने रसायन (दचबष्ल अजझष्अबकि) को असन्तुलनका कारण पनि डिप्रेसन देखिन सक्छ ।

डिप्रेसनबाट कसरी बच्ने ?

डिप्रेसनबाट बच्न जीवनशैलीमा सुधार र मानसिक सन्तुलन अत्यन्त आवश्यक हुन्छ । केही महत्वपूर्ण बच्ने तरिका यस्ता छन् :

दैनिकरूपमा हल्का व्यायाम वा शारीरिक गतिविधि गर्ने, पर्याप्त र नियमित निद्रा लिने, सन्तुलित पौष्टिक तथा स्वास्थ्यकर खाना खाने, परिवार र साथीभाइसँग खुलेर कुरा गर्ने, मनमा कुरा दबाएर नराख्ने, समस्या साझा गर्ने, योग, ध्यान र प्राणायाम जस्ता तनाव व्यवस्थापन गर्ने अभ्यास गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने, नकारात्मक सोचलाई नियन्त्रण गर्ने, मदिरा, धूम्रपान तथा अन्य नशालु पदार्थबाट टाढा रहने ।

धेरैजसो मानिसहरू आफ्नो मानसिक समस्या लुकाउने गर्छन्, जसले अवस्था झन् जटिल बनाउँछ । त्यसैले समयमै कुरा गर्नु र सहयोग लिनु अत्यन्त महत्वपूर्ण मानिन्छ ।

उपचार र सचेतना 

डिप्रेसन पूर्णरूपमा उपचार गर्न सकिने रोग हो । सही औषधि, मनोपरामर्श (अयगलकभििष्लन), परिवारको साथ र सकारात्मक वातावरणले बिरामीलाई सामान्य जीवनमा फर्काउन सकिन्छ । समयमै उपचार भए डिप्रेसन निको हुन सक्छ, तर ढिलो गर्दा समस्या गम्भीर बन्न सक्छ ।

डिप्रेसन कुनै कमजोरी होइन, यो उपचारयोग्य मानसिक रोग हो । यसको समयमै पहिचान र उपचारले व्यक्तिलाई पुनः सामान्य जीवनमा फर्काउन सकिन्छ । त्यसैले निराशा, उदासी वा मानसिक तनावलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन । मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्व दिनु आजको आवश्यकता हो ।

बिहिबार, असार १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.