• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रोटरीले ‘५० हजार मुस्कान नेपाल’ अभियान सञ्चालन गर्ने

  •  सोमबार, असार २२, २०८३ मा प्रकाशित

काठमाडौं । रोटरी इन्टरनेशनल जिल्ला ३२९२ (नेपाल–भुटान) ले बालबालिकाको मुख स्वास्थ्य सुधारका लागि ‘५० हजार मुस्कान नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ। रोटरीको रोग रोकथाम तथा उपचार समितिले कान्तिपुर दन्त महाविद्यालय शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र र बीएम फाउन्डेसनसँगको सहकार्यमा अभियान सञ्चालन गर्न लागेको हो।

अभियान २०८३ असार १७ गते (१ जुलाई २०२६) देखि २०८४ असार १६ गते (३० जुन २०२७) सम्म सञ्चालन हुनेछ। यस अवधिमा देशभरका २५० भन्दा बढी विद्यालयमा पुगेर ५० हजार बालबालिकाको मुख तथा दाँतको स्वास्थ्य परीक्षण, मुख स्वास्थ्यसम्बन्धी शिक्षा तथा आवश्यक परामर्श प्रदान गरिनेछ।

‘विद्यालयको मुख स्वास्थ्यमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना’ भन्ने नारासहित सञ्चालन हुने अभियानले ग्रामीण तथा शहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय मुख स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

रोटरी इन्टरनेशनल जिल्ला ३२९२ का जिल्ला प्रमुख रोटरियन विष्णुबहादुर कार्की, कान्तिपुर दन्त महाविद्यालय शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख प्राध्यापक डा. रविन्द्रमान श्रेष्ठ, बीएम फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ तथा रोटरीको रोग रोकथाम तथा उपचार समितिका संयोजक दिनेशकुमार श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

बीएम फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार अभियानअन्तर्गत विद्यालयमै पुगेर बालबालिकाको मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरिनेछ। साथै सही तरिकाले दाँत माझ्ने अभ्यास सिकाइने, मुखसम्बन्धी रोगको रोकथामका उपायबारे जानकारी दिइने, जटिल समस्या देखिएका बालबालिकालाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइने तथा समुदायस्तरमा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ।

उनका अनुसार अभियानमा एक हजारभन्दा बढी शिक्षक, २५० भन्दा बढी विद्यालय तथा ५०० भन्दा बढी स्वयंसेवक सहभागी हुनेछन्। विद्यालय तहबाटै मुख स्वास्थ्यसम्बन्धी सही बानीको विकास गर्दै दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने अपेक्षा गरिएको उनले बताए।

अभियानलाई थप प्रभावकारी बनाउन विद्यालय प्रायोजन, एक हजार बालबालिकाको प्रायोजन, जिल्ला तहको साझेदारी तथा अन्तर्राष्ट्रिय रोटरी साझेदारीमार्फत सहयोग जुटाइने जनाइएको छ। इच्छुक व्यक्ति, संस्था तथा दातृ निकायले आर्थिक वा अन्य प्रकारको सहयोगमार्फत अभियानमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

अभियानका परियोजना संयोजक रोटेरियन डा. श्रेष्ठका अनुसार विद्यालयमै मुख स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै दाँत तथा मुखसम्बन्धी रोगको प्रारम्भिक पहिचान, समयमै रोकथाम र उपचार सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य हो। यसबाट बालबालिकाको स्वास्थ्यमा मात्र नभई उनीहरूको अध्ययन, आत्मविश्वास र समग्र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।बीएम फाउन्डेसनले अभियानलाई सफल बनाउन सरकारी निकाय, स्वास्थ्य संस्था, विद्यालय, दातृ संस्था तथा समुदायलाई सहकार्यका लागि आह्वान गरेको छ।

यसअघि पनि रोटरीले यस्तै अभियान सञ्चालन गरेको थियो। डा. श्रेष्ठका अनुसार सन् २०२४–२५ मा तत्कालीन जिल्ला प्रमुख राजेन्द्र ध्वजुको कार्यकालमा कान्तिपुर दन्त महाविद्यालय र बीएम फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानमा २४ निजीसहित ९० विद्यालय समेटिएका थिए। त्यस क्रममा २७ हजार ५४८ बालबालिकाको मुख स्वास्थ्य परीक्षण गर्दा ७३ प्रतिशतमा दाँत क्षय (दाँत किराले खाने) समस्या भेटिएको थियो।

सोमबार, असार २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.