काठमाडौं । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा किर्तीपाल सुवेदीलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत डा सुवेदीले यसअघि लामो समय भेरी अस्पतालमा पनि काम गरेका थिए ।
‘सरकारले जिम्मेवारी दिएको भने पनि हाल गजेन्द्रनारायण अस्पतालमा नै छु’, केही समयअगाडि मात्रै एघारौं तहमा बढुवा भएका डा सुवेदीले भने ‘काठमाडौं गएर सबै प्रक्रिया पुरा गरेपछि मात्रै दिइएको जिम्मेवारीमा जान्छु ।’
