काठमाडौँ । सांसद लेखजङ्ग थापाले रुपन्देहीको भीम अस्पतालमा पर्याप्त जनशक्तिसहित आइसियुको अभावमा उपचारबाट सर्वसाधारण वञ्चित हुनुपरेको उल्लेख गर्दै अत्यावश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरी स्वास्थ्य सेवा सुनिश्चित गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भीम अस्पतालको बारेमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो । उहाँले भीम अस्पतालमा तत्काल जनशक्तिको व्यवस्था गरी आइसियु सञ्चालनमा ल्याउन माग गर्नुभयो ।
