• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम

  •  शुक्रबार, असार २६, २०८३ मा प्रकाशित

जनकपुरधाम । वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अस्पताल तथा स्वास्थ्यचौकीबाट निस्कने फोहरको उचित व्यवस्थापनको माग गर्दै उहाँहरुको समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे सुझाव पत्र प्रस्तुत गरेका हुन् ।

अवगत पत्र बुझ्दै मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले नागरिक समाजको सक्रियताले सरकारलाई थप जिम्मेवार बन्न सहयोग मिलेको बताउनुभयो । टोलीले जनकपुरधामका अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला तथा ल्याण्डफिलसाइटको स्थलगत अनुगमन गरेको थियो । अवलोकन पछि तयार पारी बुझाएको प्रतिवेदनमा जैविक जोखिमयुक्त फोहरलाई सामान्य फोहरसँग मिसाएर व्यवस्थापन गरिएको उल्लेख छ । फोहरको वैज्ञानिक वर्गीकरण नभएको तथा सुरक्षित ढुवानी र अन्तिम व्यवस्थापन कानुनी मापदण्डअनुसार नभएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले जानकारी दिनुभयो । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ ।

फोहर व्यवस्थापन ऐन, २०६८ तथा स्वास्थ्य संस्थाको फोहर व्यवस्थापन निर्देशिका, २०२० ले स्वास्थ्य संस्थाबाट निस्कने जैविक जोखिमयुक्त फोहरको वर्गीकरण, सङ्कलन, भण्डारण, ढुवानी र अन्तिम व्यवस्थापनका स्पष्ट मापदण्ड तय गरेका छन् । व्यवहारमा कानुनी प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा स्वास्थ्य संस्थाबाट निस्कने फोहर स्वयं सार्वजनिक स्वास्थ्य र वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम यस समस्याको प्रतिनिधि उदाहरणका रूपमा देखिएको छ ।

बिरामी उपचारका लागि अस्पताल पुग्छन् र स्वस्थ भएर घर फर्कने अपेक्षा गर्छन् । उपचारपछि निस्कने जैविक जोखिमयुक्त फोहरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य सेवा प्रणाली नयाँ सङ्क्रमण र प्रदूषणको स्रोत बन्ने जोखिम बढिरहेको छ । जनस्वास्थ्य विज्ञ डा कालीप्रसाद यादव प्रयोग भइसकेका सिरिन्ज, सुई, रगतले दूषित सामग्री, प्रयोगशालाका नमुना, शल्यक्रियापछि निस्कने जैविक पदार्थ तथा औषधिजन्य अवशेषजस्ता फोहर सामान्य फोहरभन्दा धेरै जोखिमयुक्त हुन्छ, भन्नुहुन्छ । उक्त सामग्रीको वैज्ञानिक व्यवस्थापन नभए हेपाटाइटिस–बी, हेपाटाइटिस–सी, एचआइभी तथा अन्य सङ्क्रामक रोग फैलिने सम्भावना रहन्छ ।

स्वास्थ्य सेवा विस्तारसँगै जनकपुरधाम क्षेत्रमा स्वास्थ्य संस्थाको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार साहले उपमहानगरपालिकाअन्तर्गत २६ र प्रदेश सरकारअन्तर्गत ५० भन्दाबढी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनकपुरधाम उपमहानगरपालिकाले वडा नं १९ मा डम्पिङसाइट स्थापना गरी नगरको फोहर व्यवस्थापन गर्दै आएपनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहरका लागि छुट्टै वैज्ञानिक प्रणालीको आवश्यकता देखिएको छ।रासस

शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.