वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सचिव सुरेन्द्र कुमार सिंहले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का बोर्ड सदस्य, कर्मचारी, संस्थाका सदस्य तथा कर्मचारीका प्रत्यक्ष आश्रित परिवारजनलाई गुणस्तरीय, सहज तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउने छन् । सम्झौताअनुसार सोसाइटीमा आवद्ध सदस्यहरूले नेशनल मेडिकल कलेजमा बहिरङ्ग टिकट, बेड, शल्यक्रिया, प्याथोलोजी परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स९रे, ईसीजी, ईकोकाडियोग्राफी, टीएमटी तथा औषधि लगाएतको सेवामा सौलियत पाउने छन ।
यो सम्झौताले नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सदस्य तथा परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनुका साथै नेपाल–भारतबीच स्वास्थ्य सेवामा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई.प्रदीपकुमार चौधरी, मार्केटिङ म्यानेजर र नेशनल मेडिकल कलेज तथा नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
