• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

  •  बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

काठमाडौं ।  सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको सङ्ख्या बढ्दै गएको छ । सुरुमा १३ अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

पोर्टलमार्फत अस्पतालले आफ्नो कुल शय्या सङ्ख्या र त्यसको १० प्रतिशत बराबरको निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्ने गरेका छन् । विपन्न बिरामी वा उनीहरूका आफन्तले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निःशुल्क शय्या उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । साथै अस्पतालमा उपलब्ध रगतसम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिनेछ । संविधानमा व्यवस्था गरिएको निःशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । मन्त्रालयका अनुसार देशभरका अस्पतालमा सोमबार दिउँसोसम्म २८ हजार ७०४ शय्याको १० प्रतिशत बराबर तीन हजार ३८० निःशुल्क शय्या उपलब्ध छन् । तीमध्ये ५९३ शय्यामा विपन्न बिरामीले निःशुल्क उपचार पाइरहेका छन् भने अझै दुई हजार ७८७ शय्या खाली छ ।

प्रवक्ता अधिकारीका अनुसार पोर्टल सञ्चालनपछि हालसम्म एक हजार ७६० भन्दा बढी व्यक्तिले निःशुल्क शय्या सुविधा पाएका छन् । देशका ठूला अस्पतालमध्ये सबैभन्दा बढी निःशुल्क शय्या बिपी कोइराला क्यान्सर अस्पतालमा उपलब्ध छ । त्यहाँ उपलब्ध २५१ निःशुल्क शय्यामध्ये सबै खाली छन् । निःशुल्क शय्याको सबैभन्दा बढी प्रयोग भने वीर अस्पतालमा भएको छ । डा अधिकारीले निःशुल्क शय्याबारे आम नागरिकलाई जानकारी नभएकाले प्रयोगकर्ता संख्या कम देखिएको बताउँदै जानकारी विस्तारसँगै यसको प्रयोग बढ्ने बताउनुभयो । मन्त्रालयले निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ स्वीकृत गरी ‘वेबसाइट’मा राखेको जनाएको छ ।

पोर्टललाई थप व्यवस्थित बनाउँदै लक्षित वर्गलाई निःशुल्क उपचार सेवा सहज बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।रासस

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.