• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

वीर अस्पतालको बर्न केन्द्रलाई थप सुदृढ बनाउनु आजको आवश्यकता

  •  बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

नेपालमा जलन उपचारको इतिहास हेर्दा वीर अस्पतालको बर्न वार्ड सबैभन्दा पुरानो र अनुभवी केन्द्र हो। वि.सं. २०७२ सालअघि देशभरिका अधिकांश जटिल तथा गम्भीर जलनका बिरामीहरूको उपचार यही केन्द्रमा हुने गर्दथ्यो। त्यसबेला यो केन्द्र नेपालमै मात्र होइन, दक्षिण एशियाकै उदाहरणीय बर्न उपचार केन्द्रका रूपमा परिचित थियो। दशकौँको अनुभव, दक्ष जनशक्ति र शैक्षिक क्षमता आज पनि यस केन्द्रको सबैभन्दा ठूलो शक्ति हो।

यद्यपि, विगत करिब पाँच वर्षमा अस्पताल प्रशासन, आवश्यक उपकरण, जनशक्ति र सरकारी प्राथमिकताको अभावका कारण सेवामा केही सीमितता देखापरे। यसले केन्द्रको क्षमता घटेको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। पछिल्लो एक वर्षदेखि वीर अस्पतालले पुनः पूर्ण रूपमा बर्न सेवा सञ्चालन गरिरहेको छ। अहिले यहाँ गम्भीर जलनका बिरामीहरूको गुणस्तरीय र विश्वसनीय उपचार भइरहेको छ, र उपचारको स्तरका आधारमा यो केन्द्र कुनै पनि संस्थाभन्दा कमजोर छैन भन्ने विश्वास उपचारमा संलग्न चिकित्सकहरूको छ।

वीर अस्पतालको अर्को महत्वपूर्ण योगदान विशेषज्ञ जनशक्ति उत्पादन हो। यहाँ प्लास्टिक, बर्न तथा पुनर्निर्माण शल्यचिकित्सा विषयमा एमसीएच तहको अध्ययन सञ्चालन भइरहेको छ, जसलाई पीएचडी सरहको उच्च विशेषज्ञता मानिन्छ। हाल तीन जना चिकित्सक यस कार्यक्रममा अध्ययनरत छन्। यही केन्द्रबाट उत्पादन भएका विशेषज्ञहरूले देशका विभिन्न अस्पतालमा सेवा दिइरहेका छन्। यदि चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय र सरकारले आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार उपलब्ध गराउने हो भने वीर अस्पतालले प्रत्येक वर्ष कम्तीमा तीन जना नयाँ विशेषज्ञ सर्जन उत्पादन गर्न सक्छ। यसले नेपालभर गुणस्तरीय बर्न सेवाको पहुँच विस्तार गर्न दीर्घकालीन योगदान पुर्‍याउनेछ।

वीर अस्पताल उपचार सेवा प्रदान गर्ने संस्थामात्र होइन। यसले जलन तथा ट्रमा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, नेपालमा बर्न व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्ड र उपचार प्रोटोकल तयार पार्ने कार्यमा पनि यस केन्द्रको महत्वपूर्ण भूमिका रहेको छ। यस अर्थमा वीर अस्पताल सेवा प्रदायक मात्र नभई नीति निर्माण, शिक्षा, अनुसन्धान र क्षमता विकासको राष्ट्रिय केन्द्र पनि हो।

नेपालमा बर्न उपचार सेवा विस्तार हुनु सबैका लागि सकारात्मक विषय हो। नयाँ केन्द्रहरू स्थापना हुनु स्वागतयोग्य छ। तर, त्यसका लागि दशकौँदेखि अनुभव र विशेषज्ञता बोकेको राष्ट्रिय केन्द्रलाई कमजोर बनाउनु वा तथ्यविपरीत धारणा निर्माण गर्नु उचित हुँदैन। स्वास्थ्य क्षेत्र प्रतिस्पर्धाको होइन, सहकार्यको विषय हो। अन्तिम उद्देश्य भनेको प्रत्येक बिरामीले समयमै गुणस्तरीय उपचार पाउनु हो।

त्यसैले सम्मानित सांसदहरूलाई आग्रह छ—वीर अस्पतालको बर्न केन्द्रको वास्तविक अवस्था बुझेर तथ्यका आधारमा सार्वजनिक धारणा निर्माण गर्नुहोस्। यस केन्द्रलाई आवश्यक नीति, बजेट, उपकरण र पूर्वाधार उपलब्ध गराउनु भनेको एउटा अस्पताललाई सहयोग गर्नु मात्र होइन, सम्पूर्ण नेपाली नागरिकको जीवनरक्षा, विशेषज्ञ जनशक्ति उत्पादन र राष्ट्रिय स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने लगानी हो।

नेपाललाई आधुनिक, प्रभावकारी र पहुँचयोग्य बर्न सेवातर्फ अघि बढाउन वीर अस्पतालको बर्न केन्द्रलाई थप सुदृढ बनाउनु आजको आवश्यकता हो। यस दिशामा सरकार, संसद, स्वास्थ्य संस्था र सम्बन्धित सबै सरोकारवालाबीचको सहकार्य नै सबैभन्दा प्रभावकारी उपाय हुनेछ।

(प्राडा दाहाल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान, वीर अस्पतालकाकन्सल्टेन्ट, प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जन तथा विभागिय प्रमुख हुन्।)

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.