• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  •  सोमबार, साउन ०४, २०८३ मा प्रकाशित

काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत उक्त सेवा प्रदान गरेको हो । अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत सुवास नेपालका अनुसार गत आवमा अस्पतालले सो प्रदेशका १७ हजारभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ ।

सो अवधिमा बाह्य कार्यक्रममार्फत सात हजार २१७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरूमार्फत १० हजार ४३२ जनाले आँखा उपचार सेवा प्राप्त गरेका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसरी बाह्य कार्यक्रम र आँखा उपचार केन्द्रमार्फत गरी कर्णाली प्रदेशमा एक वर्षमा १७ हजार ६४९ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ । हिमालय आँखा अस्पतालअन्तर्गत कर्णाली प्रदेशका चन्दननाथ आँखा अस्पताल खलङ्गा–जुम्ला, मान्म–कालीकोट, सिमकोट–हुम्ला, सिंजा–जुम्ला र गमगढी–मुगुमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । यी अस्पताल, उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने बाह्य कार्यक्रम र शिविरमार्फत भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आँखा परीक्षण, उपचार, आवश्यक परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध गराइँदै आएको छ ।

अस्पतालको प्रमुख मेडिकल निर्देशक डा बबिता गुरुङका अनुसार अस्पतालले गत आर्थिक वर्षमा अस्पतालको बहिरङ्ग विभागमार्फत मात्रै एक लाख ८८ हजार ९१४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ । विज्ञप्तिका अनुसार सेवा लिनेमा एक लाख छ हजार ४५९ महिला र ८२ हजार ४९८ पुरुष छन् । कूल सेवाग्राहीमध्ये करिब ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष छन् । हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रथापा मगरले कर्णाली प्रदेशमा विशेषज्ञ आँखा उपचार सेवालाई थप विस्तार र सुदृढ गर्ने योजना अघि बढाएको जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ता समेत रहनुभएका मगरले भन्नुभयो, “जुम्लामा नेत्र विशेषज्ञमार्फत नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने तथा कर्णालीका अन्य तीन जिल्लामा ‘सर्जिकल सेन्टर’का रूपमा सेवा विकास गरी स्थानीयस्तरमै आँखाको शल्यक्रिया सेवा उपलब्ध गराउने योजना रहेको छ ।

भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सामान्य आँखा उपचार तथा शल्यक्रियाका लागि समेत टाढासम्म जानुपर्ने बाध्यतालाई कम गर्न विशेषज्ञ तथा शल्यक्रिया सेवालाई जिल्लास्तरसम्म विस्तार गर्न लागिएको छ ।” यसबाट दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लामा वा नजिकको सेवा केन्द्रबाट समयमै गुणस्तरीय आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यसैबीच, नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पतालअन्तर्गत गण्डकी तथा कर्णाली प्रदेशमा सञ्चालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको वार्षिक कार्ययोजना तथा समीक्षा गोष्ठी पोखरामा हालै सम्पन्न भएको छ ।

कार्यक्रममा ती प्रदेशका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रका प्रतिनिधि, नेत्र विशेषज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता थियो । सो अवसरमा हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता मगर, नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री र सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घको गतिविधि तथा कार्ययोजनाका बारेमा प्रस्तुति गर्नुभएको थियो । गोष्ठीमा गत आर्थिक वर्षका उपलब्धि तथा प्रगतिको समीक्षा गर्नुका साथै आगामी वर्षको कार्ययोजना तर्जुमा गरिएको थियो ।

सङ्घका कार्यकारी निर्देशक डा मिश्रले गोष्ठीमा समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार, आँखा उपचार केन्द्रहरूको क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारिता बढाउने विषयमा छलफल, अनुभव आदानप्रदान र आगामी रणनीति निर्माण गरिएको जानकारी दिनुभयो । हिमालय आँखा अस्पतालले अस्पतालमा आधारित सेवासँगै आँखा उपचार केन्द्र, बाह्य कार्यक्रम तथा निःशुल्क आँखा शिविरमार्फत गण्डकी र कर्णाली प्रदेशका नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

विशेषगरी कर्णालीका दुर्गम जिल्लामा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार गरी नागरिकलाई उनीहरूको नजिकै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालले आगामी कार्यक्रमलाई प्राथमिकता दिएको छ । सन् २०२५ मा पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा सङ्घका अनुसार सङ्घले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा, २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।रासस

सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.