• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

  •  मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपाल विश्वमा सर्वाेच्च शिखर सगरमाथा सहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । तीन ‘ज’ अर्थात् (जमिन, जङ्गल, जलस्रोत) सहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचूर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ । पछिल्ला वर्षहरूमा नेपालले विशेष गरेर आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ । यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ ।

आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तरराष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य ( हव) का रूपमा स्थापित गर्ने आधारशिलाहरु तयार गरेको छ । आधारशिलाको एउटा अनुपम उदाहरण नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा हो । हाल सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन् ।

सङ्घअन्तर्गत सञ्चालित ती आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२/८३ मा मात्र भारत लगायतका विदेशी बिरामीलाई सेवा प्रदान गरी रु एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा नेपाल भित्रयाएका छन् । ‘गुणस्तरीय सेवा’ वापत यो मुद्रा भित्रयाउनु प्रचूर संभावनाको ढोका खोल्नु हो । उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गरेको छन् भने बङ्गलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालबाट सेवा लिइरहेका छन् । यो रकमलाई अस्पतालहरूको आयको तथ्याङ्कका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसले नेपालको स्वास्थ्य सेवाप्रति विदेशी नागरिकको बढ्दो विश्वास, नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता र यहाँ उपलब्ध नेत्र उपचार सेवाको गुणस्तरलाई समेत प्रतिविम्बित गर्छ ।

साथै, स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र बन्न सक्ने सम्भावनालाई यसले स्पष्ट पारेको छ । सो आवमा नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । गुणस्तरीय सेवाले निर्माण गरेको अटुट विश्वास बिरामीका आफन्तले उपचारका लागि बिरामीलाई अर्को देश लैजानु भनेको सामान्य कुरा होइन । उपचारको गुणस्तर, चिकित्सकप्रतिको विश्वास, लागत, पहुँच, सेवा प्राप्त गर्ने अवधि, विगतका बिरामीको अनुभव र आर्थिक लगायतका पक्षहरुले यस्तो निर्णयमा अहं भूमिका खेल्छ ।

नेपालमा उपलब्ध अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण, शल्यक्रियाको राम्रो नतिजा, बिरामीमैत्री सेवा, तुलनात्मक रूपमा छोटो प्रतिक्षा अवधि र सर्वसूलभ उपचार खर्चका कारण सीमावर्ती क्षेत्रसहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालतर्फ आकर्षित भइरहेका छन् । नेपाल नेत्रज्योति सङघले स्थापना कालदेखि नै ‘सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ मानवीय सेवा विस्तार गर्दै आएको छ । अस्पतालमा उपचार गराएर फर्किएका बिरामीको सन्तुष्टि र उनीहरूले आफ्ना परिवार तथा समुदायमा बाँड्ने सकारात्मक अनुभवले पनि नयाँ बिरामीलाई नेपालमा उपचारका लागि आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

स्वास्थ्य सेवामा विश्वास महङ्गा विज्ञापनले मात्र निर्माण हुँदैन । वर्षौंको सेवा, उपचारको नतिजा, दक्ष जनशक्ति र बिरामीले पाएको अनुभवबाट त्यो विश्वास क्रमशः निर्माण हुन्छ । नेपाली आँखा उपचार सेवाले अन्तरराष्ट्रिय बिरामीमाझ बनाएको विश्वास पनि यही निरन्तरताको परिणाम हो । स्वास्थ्य पर्यटनः स्वास्थ्य र अर्थतन्त्रलाई जोड्ने महत्वपूर्ण कडी विश्वभर ‘मेडिकल टुरिज्म’ अर्थात् स्वास्थ्य पर्यटन उपचारका लागि एक देशबाट अर्को देश जाने प्रवृत्ति बढ्दो छ । विकसित तथा कतिपय छिमेकी मुलुकमा उपचार खर्च महँगो हुनु, लामो प्रतीक्षा अवधि तथा निश्चित विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध नहुनुका कारण बिरामीहरू गुणस्तरीय र तुलनात्मक रूपमा सुलभ उपचार उपलब्ध हुने देशतर्फ जाने एवं आकर्षित हुने गरेका छन् ।

नेपालले यही अवसरलाई योजनाबद्ध रूपमा उपयोग गर्न सक्नु पर्छ र यसको सम्भावना पनि छ । विदेशी बिरामीले नेपालमा आएर अस्पतालमा उपचार शुल्क मात्र तिर्दैनन्, उनीहरू र उनीहरूसँग आउने परिवारका सदस्य वा सहयोगीले होटल, यातायात, खाना, औषधि, स्थानीय बजार तथा अन्य सेवामा पनि खर्च गर्छन् । कतिपयले उपचारसँगै नेपालका पर्यटकीय स्थल तथा धार्मिक गन्तव्यको भ्रमणसमेत गर्न सक्छन् । त्यसैले एउटा विदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालको बिलमा मात्र सीमित हुँदैन । यसको लाभ होटल तथा पर्यटन व्यवसायदेखि यातायात, औषधि, स्थानीय व्यापार र रोजगारीसम्म फैलिन्छ । यस अर्थमा ‘मेडिकल टुरिज्म’ स्वास्थ्य र अर्थतन्त्रलाई जोड्ने महत्वपूर्ण क्षेत्र बन्न सक्छ । सन् २०२५ मा मात्र सङ्घको सञ्जालमार्फत नौ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरी एक लाख ५३ हजार ८६ जना बिरामीको शल्यक्रिया गरिएको छ ।

नेपाल सरकारको नीति तथा निर्देशनअनुरूप नेपाल नेत्रज्योति सङ्घले देशभर प्रवाह गर्दै आएको आँखा उपचार सेवा विश्वकै लागि एक अनुकरणीय उदाहरणका रूपमा स्थापित भएको छ । एक गैरसरकारी एवं गैरनाफामूलक सामाजिक संस्थाले आफ्ना सञ्जालमार्फत धेरै सङ्ख्यामा नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराएको उदाहरण विश्वमै विरलै पाइन्छ । सङ्घअन्तर्गतका संस्थाहरूले एक आवमै विदेशी बिरामीबाट रु एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा आर्जन गर्नुले यस सम्भावनालाई अझ स्पष्ट बनाएको छ । स्पष्ट नीति, अब्बल पूर्वाधार सहित चिकित्सकीय सेवा र अन्तरराष्ट्रिय प्रवर्द्धन गर्न सकिए स्वास्थ्य सेवा निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्छ । नेपालले अन्धोपन न्यूनीकरणमा बनाएको आफ्नै ‘मोडेल’ विश्वका लागि सिकाइ सङ्घको स्थापना विसं २०३५ (सन् १९७८) मा नेपालबाट रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले भएको हो ।

तत्कालीन परिस्थितिमा देशमा आधुनिक तथा विशेषज्ञ आँखा स्वास्थ्य सेवाको पहुँच अत्यन्त सीमितता थियो । यस्ता सेवा सुगम केन्द्रित थिए । त्यसयता नेपालले आँखा स्वास्थ्य क्षेत्रमा लामो यात्रा तय गरेको छ । अस्पताल र आँखा उपचार केन्द्रको विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाविन्दुको शल्यक्रिया, रेटिना तथा ग्लुकोमा सेवा, कर्नियासम्बन्धी उपचार, बाल आँखा स्वास्थ्य सेवा तथा विभिन्न विशेषज्ञ सेवाहरू विस्तार भएका छन् । यस यात्राको महत्वपूर्ण पक्ष भनेको सेवा ठूला सहर र सुगममा मात्र केन्द्रित नराखी समुदाय र दुर्गम क्षेत्रसम्म पु¥याउने प्रयास हो । अस्पतालमा आउन नसक्ने नागरिकको घरघरमा, पायक पर्ने स्थानसम्म पुगेर आँखा परीक्षण गर्ने, आवश्यक बिरामीलाई उपचार तथा शल्यक्रियाका लागि ‘रेफर’ गर्ने, स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवा विस्तार गर्ने र सबैका पहुँचमा आँखा स्वास्थ्य सेवा पु¥याउने ‘मोडेल’ले नेपालमा अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर उल्लेखनीय रूपमा घटेर करिब ०.२८ प्रतिशतमा आएको छ । अब नेपाल सरकारले नेपाल नेत्रज्योति सङघ तथा अन्य साझेदार संस्थासँगका सहकार्यमा राष्ट्रिय स्वास्थ्य रणनीतिअनुसार सन् २०३० सम्म यसलाई ०.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । यो लक्ष्य स्वास्थ्य क्षेत्रको सूचकमा आउने सुधार मात्र होइन । दृष्टि जोगिनु वा पुनः प्राप्त हुनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन, आत्मनिर्भरता र समग्र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो । एउटा व्यक्तिको दृष्टि फर्किंदा त्यसको सकारात्मक प्रभाव उसको परिवार र समुदायसम्म पुग्छ । अन्धकार अन्त्य हुँदा यसको समग्र प्रभाव देशको सामाजिक उन्नतिमा पर्दछ । ‘स्वास्थ्य सेवा निर्यात’ मा नेपालले नेतृत्व लिन सक्छ विश्वका धेरै मुलुकले स्वास्थ्य पर्यटनलाई आफ्नो राष्ट्रिय आर्थिक रणनीतिको हिस्सा बनाइसकेका छन् ।

नेपालसँग पनि यस क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने केही बलिया आधार छन्–दक्ष चिकित्सकीय जनशक्ति, गुणस्तरीय उपचार सेवा, सफल उपचार परिणाम, तुलनात्मक रूपमा सस्तो लागत र लामो समयदेखि निर्माण भएको अन्तरराष्ट्रिय विश्वास । यी आधारबाट बनेका विश्वासले नै गत असारको अन्तिम साता नेपाली राजदूतावास(कम्बोडिया समेत)को समन्वयमा सङ्घले कम्बोडियाको कम्पोङचाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सञ्चालन ग¥यो । एक हजार दुईसय कम्बोडियाली नागरिकले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । बाह्य देशमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न नेपाली नेत्र विशेषज्ञ अब्बल छन् भन्ने कुरा यसबाट पुष्टि भएको छ ।

विशेषगरी आँखा उपचारका क्षेत्रमा नेपालले दक्षिण एसियाकै उत्कृष्ट सेवा केन्द्रका रूपमा आफूलाई थप विकास गर्ने सम्भावना बोकेको छ र बलियो पनि छ । यसका लागि स्वास्थ्य सेवा र पर्यटनलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा मात्र नभई एकअर्कासँग जोडिएको सम्भावनाका रूपमा हेर्न आवश्यक छ । सरकारले ‘पर्यटन स्वास्थ्य’सम्बन्धी स्पष्ट नीति निर्माण गर्ने, अन्तरराष्ट्रियस्तरको गुणस्तर सुनिश्चित गर्ने, स्वास्थ्य संस्थाको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउने, विदेशी बिरामीका लागि सहज आवागमन र उपचार प्रक्रिया विकास गर्ने तथा अन्तरराष्ट्रिय बजारमा नेपालको स्वास्थ्य सेवाको प्रभावकारी प्रवर्द्धन गर्ने हो भने यसको लाभ राष्ट्रिय अर्थतन्त्रसम्म पुग्न सक्छ।रासस

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.