चितवन । पुष्पाञ्जली हस्पिटल प्रा. लि., भरतपुर–१० र वसन्तचोक ‘क’ टोल विकास संस्था भरतपुर–९ बीच वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट दिने विषयमा सम्झौता भएको छ ।
अस्पतालका सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी केदारप्रसाद सुवेदी र वसन्तचोक क टोल विकास संस्थाका अध्यक्ष विजयराज पौड्यालबीच टोलबासी सदस्य, संचालक, पदाधिकारी, कर्मचारी र निजका परिवारका सदस्यहरुको समेत स्वास्थ्य परीक्षण तथा उपचार गर्दा २५ प्रतिशतसम्म छुट सुविधा दिन लिन सहमति भएको छ ।
अस्पतालका वरिष्ठ फिजिसियन ए.प्रो.डा. भोजराजले यो कार्यक्रम पनि जनतासँग अस्पतालको निरन्तरता कै रुपमा रहेको बताउँदै टोल, समुदायमा अस्पताल र स्वास्थ्यकर्मी पुर्याउनु यसको उद्देश्य रहेको जानकारी दिनुभयो । पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर-१० मा आफ्नै भवनमा सञ्चालित सय बेडको सुविधासम्पन्न अस्पताल हो ।
