• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ४० मिनेट 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • १ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • २ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १९ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १९ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • २० घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • २० घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • २० घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • १०. इबोला प्रकोपले बढायो विश्व चिन्ता

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

  •  शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

नेपालगन्ज । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका विभिन्न ४४ वटा उपकरण मर्मत गरिएको छ । अस्पतालका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा ती उपकरण मर्मत गरी पुनः सञ्चालनयोग्य बनाएको हो । अस्पतालका निर्देशक डा निरज भट्टराईले मर्मत गरिएका अधिकांश उपकरण प्रयोगमा ल्याइसकिएको जानकारी दिनुभयो । उहाँले केही उपकरण थप मर्मतका लागि सिफारिस गरिएको र केही उपकरण प्राविधिक टोलीले थप परीक्षणका लागि लगेको बताउनुभयो । उहाँले भन्नुभयो, “मर्मत भएका उपकरण पुनःसञ्चालनमा आएपछि बिरामीलाई सहज रूपमा सेवा दिन सकिएको छ ।”

अस्पतालमा लामो समयदेखि बिग्रिएका आवश्यक उपकरण मर्मतका लागि यही साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबीच सम्झौता भएको थियो । सम्झौतापछि राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टोलीका नेता इन्जिनियर उमेश किरातीको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोली अस्पताल पुगेर उपकरणको मर्मत गरेको अस्पतालले जनाएको छ । मर्मत गरिएका उपकरणमा क्यान्सर परीक्षण र उपचारमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरण छन् । ती उपकरण पुनः सञ्चालनमा आएपछि बिरामीलाई उपचार सेवामा सहज भएको अस्पतालको भनाइ छ ।

राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टोलीका नेता इन्जिनियर किरातीका अनुसार दुईवटा एक्स–रे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीनवटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा ‘किमो’ क्याबिनेट तथा माइक्रोस्कोप र ल्याप्रोस्कोपी टावरलगायतका उपकरण मर्मत गरिएको छ । उहाँले ल्याप्रोस्कोपी टावरका केही पार्टपुर्जा नेपालमा उपलब्ध नभएकाले विदेशबाट मगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । सोही कारण बिग्रिएको म्यामोग्राफी मेसिन मर्मत गर्न पनि समस्या भएको उहाँको भनाइ छ ।

अस्पतालका थप दुई उपकरण मर्मतका लागि काठमाडौँ लगिएको छ । खजुराका स्थानीय अगुवा शिवराज श्रेष्ठले लामो समयदेखि प्रयोगविहीन रहेका उपकरण मर्मत भएपछि साना परीक्षणका लागि पनि बाहिर जानुपर्ने बिरामीको बाध्यता हटेको बताउनुभयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रलाई अझ सुदृढ बनाउँदै देशभरका अस्पताल तथा अन्य क्षेत्रमा बिग्रिएका उपकरण मर्मत र नयाँ उपकरण विकासमा सरकारले थप सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गत वर्ष पनि राष्ट्रिय आविष्कार केन्द्रले भेरी अस्पतालका १२ वटा विभिन्न उपकरण मर्मत गरेको थियो।रासस

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

ताजा

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.