• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

  •  शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

ललितपुर। ‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ को तयारी पूरा भएको छ। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा साउन १६ गते हुने शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।

क्यान्सर सर्भाइभर र्‍याम्प शोको व्यवस्थापन श्रीदीप प्रा.लि.ले गर्नेछ भने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालले सहकार्य गरेका छन्। शोमा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी क्यान्सर सर्भाइभर र्‍यापमा हिँड्नेछन्।

र्‍याम्प शोकी परिकल्पनाकार, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा उपचारका लागि सहयोगी हातहरूकी अध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सरका बिरामीलाई उत्प्रेरित गर्न सन् २०१९ मा पहिलो क्यान्सर सर्भाइभर र्‍याप शो आयोजना गरिएको स्मरण गरिन्। उनले त्यतिबेला २४ जना सर्भाइभरलाई र्‍यापमा सहभागी गराउनसमेत निकै कठिन भएको अनुभव सुनाउँदै अहिले सात वर्षपछि परिस्थितिमा ठूलो परिवर्तन आएको बताइन्।

“त्यतिबेला क्यान्सरका बिरामीहरू सार्वजनिक रूपमा अगाडि आउन हिच्किचाउँथे। २४ जनालाई र्‍यापमा उतार्न पनि हम्मे–हम्मे परेको थियो,” उनले भनिन्, “अहिले १०० जनाभन्दा बढी क्यान्सर सर्भाइभर र्‍याप शोमा सहभागी हुँदै हुनुहुन्छ। यही परिवर्तन नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”

‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ समेत रहेकी मोडल तथा सामाजिक अभियन्ता डली गुरुङले अघिल्ला संस्करणमा सहभागिता कम भए पनि उत्साह अत्यधिक रहेको उल्लेख गर्दै यस वर्ष १०० भन्दा बढी सर्भाइभरको सहभागिता रहने जानकारी दिइन्। उनका अनुसार शोमा ३ वर्षका बालबालिकादेखि भर्खरै किमोथेरापी लिएका बिरामीसम्म सहभागी हुनेछन्।

कार्यक्रमका कोरियोग्राफर, मोडल तथा फेसन डिजाइनर विशाल गुरुङले २२ वर्षको फेसन करिअरमा यो आफ्नो फरक र विशेष अनुभव रहेको बताए। उनले यस्तो र्‍याप शोले हरेक क्यान्सर सर्भाइभरमा अदृश्य आत्मबल र आत्मविश्वास थप्ने विश्वास व्यक्त गरे।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष सशांक शर्माले क्यान्सर सर्भाइभरहरू सिर्जनात्मक गतिविधिमा सहभागी हुन रुचाउने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई समाजसँग थप जोड्ने बताए।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.