• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • १ घण्टा 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • १ घण्टा 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • २ घण्टा 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • २ घण्टा 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ७ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ८ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ९ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १ दिन 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

  •  शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

ललितपुर। ‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ को तयारी पूरा भएको छ। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा साउन १६ गते हुने शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।

क्यान्सर सर्भाइभर र्‍याम्प शोको व्यवस्थापन श्रीदीप प्रा.लि.ले गर्नेछ भने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालले सहकार्य गरेका छन्। शोमा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी क्यान्सर सर्भाइभर र्‍यापमा हिँड्नेछन्।

र्‍याम्प शोकी परिकल्पनाकार, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा उपचारका लागि सहयोगी हातहरूकी अध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सरका बिरामीलाई उत्प्रेरित गर्न सन् २०१९ मा पहिलो क्यान्सर सर्भाइभर र्‍याप शो आयोजना गरिएको स्मरण गरिन्। उनले त्यतिबेला २४ जना सर्भाइभरलाई र्‍यापमा सहभागी गराउनसमेत निकै कठिन भएको अनुभव सुनाउँदै अहिले सात वर्षपछि परिस्थितिमा ठूलो परिवर्तन आएको बताइन्।

“त्यतिबेला क्यान्सरका बिरामीहरू सार्वजनिक रूपमा अगाडि आउन हिच्किचाउँथे। २४ जनालाई र्‍यापमा उतार्न पनि हम्मे–हम्मे परेको थियो,” उनले भनिन्, “अहिले १०० जनाभन्दा बढी क्यान्सर सर्भाइभर र्‍याप शोमा सहभागी हुँदै हुनुहुन्छ। यही परिवर्तन नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”

‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ समेत रहेकी मोडल तथा सामाजिक अभियन्ता डली गुरुङले अघिल्ला संस्करणमा सहभागिता कम भए पनि उत्साह अत्यधिक रहेको उल्लेख गर्दै यस वर्ष १०० भन्दा बढी सर्भाइभरको सहभागिता रहने जानकारी दिइन्। उनका अनुसार शोमा ३ वर्षका बालबालिकादेखि भर्खरै किमोथेरापी लिएका बिरामीसम्म सहभागी हुनेछन्।

कार्यक्रमका कोरियोग्राफर, मोडल तथा फेसन डिजाइनर विशाल गुरुङले २२ वर्षको फेसन करिअरमा यो आफ्नो फरक र विशेष अनुभव रहेको बताए। उनले यस्तो र्‍याप शोले हरेक क्यान्सर सर्भाइभरमा अदृश्य आत्मबल र आत्मविश्वास थप्ने विश्वास व्यक्त गरे।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष सशांक शर्माले क्यान्सर सर्भाइभरहरू सिर्जनात्मक गतिविधिमा सहभागी हुन रुचाउने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई समाजसँग थप जोड्ने बताए।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.