• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १९, २०८३
मङ्गलबार, साउन १९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • ५ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • ५ घण्टा 

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
  • ५ घण्टा 

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
  • ५ घण्टा 

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा
  • ६ घण्टा 

कार्यस्थलमा स्तनपान कक्षको अभाव
  • १३ घण्टा 

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
  • १३ घण्टा 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
  • १३ घण्टा 

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ६. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

कार्यस्थलमा स्तनपान कक्षको अभाव

  •  मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

द्रपुर । झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/ ८३ मा सन्तान जन्माएका १३ हजार २३९ महिलामध्ये आठ हजार ८९९ अर्थात् ६७ प्रतिशतले मात्र आफ्ना शिशुलाई पहिलो छ महिनासम्म विशेष स्तनपान गराएका छन् । बाँकी ३३ प्रतिशत शिशु विशेष स्तनपानबाट वञ्चित भएका छन् ।

विश्व स्तनपान सप्ताहको अवसरमा सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका स्तनपान परामर्शदाता संस्कृति सुवेदी हमालले कामकाजी आमाको सङ्ख्या बढ्दै जानु, कार्यस्थलमा स्तनपान वा दूध सङ्कलन गर्ने कक्षको अभाव, पर्याप्त सुत्केरी बिदा नहुनु, पाउडर दूधको भ्रामक प्रचार तथा सानो परिवारका कारण सुत्केरी आमाले आवश्यक सहयोग नपाउनु स्तनपानको दर घट्नुका मुख्य कारण रहेको बताउनुभयो । उहाँले जन्मेको एक घण्टाभित्र शिशुलाई आमाको पहिलो दूध (बिगौती दूध) खुवाउनु अत्यन्तै आवश्यक भए पनि शल्यक्रियामार्फत सुत्केरी हुने दर बढ्नु र स्वास्थ्य संस्थामा पर्याप्त सहजीकरण नहुँदा धेरै शिशु यसबाट वञ्चित हुने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकारको अनुगमन र रोजगारदाताको जिम्मेवारीको विषय हो ।

कानुनमा व्यवस्था भएअनुसार हरेक सरकारी तथा निजी कार्यालयमा स्तनपान कक्षको व्यवस्था हुनुपर्छ र यसको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।” कार्यालयको ‘फोकल पर्सन’ नितु साहका अनुसार, जिल्लामा ७० दशमलव ३४ प्रतिशत शिशुले जन्मेको एक घण्टाभित्र आमाको पहिलो दूध पाउने गरेका छन्, जुन राष्ट्रिय औसतभन्दा माथि हो । यद्यपि पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने दर अझै सन्तोषजनक नभएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । स्वास्थ्यकर्मीका अनुसार आमाको दूध शिशुको पहिलो खोपका रूपमा काम गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पखाला, निमोनियालगायतका सङ्क्रमणबाट जोगाउन मद्दत गर्छ।रासस

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

ताजा

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.