• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १९, २०८३
मङ्गलबार, साउन १९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • ५ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • ५ घण्टा 

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
  • ५ घण्टा 

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
  • ५ घण्टा 

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा
  • ६ घण्टा 

कार्यस्थलमा स्तनपान कक्षको अभाव
  • १२ घण्टा 

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
  • १२ घण्टा 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
  • १३ घण्टा 

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ६. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

  •  मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

काठमाडौँ । बङ्गलादेशको ठाकुरगाँवमा जारी निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता देखिएको छ। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँचदिने शिविर जारी राखेको छ । नेपाली अब्बल नेत्र विशेषज्ञद्वारा सञ्चालित सो आँखा शिविरको दोस्रो दिनसम्म एक हजार ३६५ जनाको निः शुल्क आँखा परीक्षण तथा १३६ जनाको मोयिाविन्दुको शल्यक्रिया सम्पन्न भएको सङ्घले आज यहाँ जनाएको छ । सङ्घका अनुसार सो शिविरमा १३ सदस्यीय चिकित्सकीय टोलीले सेवा प्रदान गरिरहेका छन् ।

टोलीमा विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ तथा अनुभवी नेत्र स्वास्थ्यकर्मी सहभागी छन् । टोलीमा डा प्रज्ञा लुइँटेल, डा गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी, मो रफिकलगायतका रहनुभएको छ । नेपाल नेत्र ज्योति सङ्घ र ठाकुरगाँव डायबिटिज समितिको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट करिब तीन हजार बङ्गलादेशी नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ । शिविरको शुभारम्भ कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले नेपालमा उपलब्ध अन्तरराष्ट्रियस्तरको आँखा उपचार सेवामा बङ्गलादेशका नागरिकको पहुँच बढाउन ‘भिसा’ प्रक्रिया थप सहज बनाउन तथा विराटनगर–सैदपुर सीधा हवाई सेवा सञ्चालन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता पहलले ‘स्वास्थ्य पर्यटन’ प्रवर्द्धनका साथै नेपाल–बङ्गलादेशबीचको स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउने छ ।” कार्यक्रममा बङ्गलादेशस्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपालका आँखा अस्पतालले प्रदान गरिरहेको गुणस्तरीय र सुलभ उपचार सेवाले नेपाललाई ‘स्वास्थ्य पर्यटन’को आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगिरहेको बताउनुभयो । उहाँले यस्ता मानवीय कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्ध र स्वास्थ्य कूटनीतिलाई थप बलियो बनाएको उल्लेख गर्नुभयो ।

शिविरको शुभारम्भ बङ्गलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मामिलाका सल्लाहकार (मन्त्रिस्तरीय) मिर्जा फखरुल इस्लाम आलमगीरले गर्नुभएको । सङ्घका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण, रोग पहिचान, औषधि वितरण तथा मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान भइरहेको छ । साथै सन् २०२३ देखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत बङ्गलादेशका विभिन्न जिल्लाका हजारौँ आर्थिक रूपमा विपन्न नागरिकले निःशुल्क नेत्र उपचार सेवा प्राप्त गरिसकेका छन् । विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले स्वास्थ्य सेवामार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ भन्नुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि नेपाल र बङ्गलादेशका संस्थाबीचको सहकार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गर्नुभयो ।

भिभा केयर लिमिटेड र ठाकुरगाँव डायबिटिज समितिको सहकार्यमा सो शिविर सञ्चालन भइरहेको छ । नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकदेखि २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्रमार्फत नेपालभर गुणस्तरीय तथा सुलभ आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ । निःशुल्क आँखा शिविर विदेशमा सङ्घले नेपालका साथै भारत, बङ्गलादेश, भुटान, म्यानमार, कम्बोडिया, इथियोपियालगायत विभिन्न देशमा पनि प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, चिकित्सक तथा स्वास्थ्यकर्मी तालिम, निःशुल्क आँखा शिविर र विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । यसअघि पनि संघअन्तर्गतका आँखा अस्पतालहरूले बङ्गलादेशमा निःशुल्क आँखा शिविर सञ्चालन गरी हजारौँ नागरिकलाई उपचार सेवा उपलब्ध गराइसकेका छन् ।

सङ्घका अनुसार पछिल्ला वर्षहरूमा बङ्गलादेशबाट गुणस्तरीय तथा सुलभ नेत्र उपचारका लागि नेपालका आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ । ठाकुरगाँवमा सञ्चालन भइरहेको सो शिविरले नेपाली नेत्र सेवाप्रतिको विश्वासलाई थप सदृढ बनाउनुका साथै बङ्गलादेशबाट नेपालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि भई आँखा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । सङ्घका अनुसार नेपाल र बङ्गलादेशबीच स्वास्थ्य क्षेत्रमा बढ्दो सहकार्यले सीमापार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै नेपालको नेत्र उपचार सेवा र ‘स्वास्थ्य पर्यटन’ प्रवर्द्धनमा समेत सकारात्मक योगदान पु¥याएको छ।रासस

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

ताजा

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.