• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १९, २०८३
मङ्गलबार, साउन १९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • ५ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • ५ घण्टा 

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
  • ५ घण्टा 

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
  • ५ घण्टा 

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा
  • ६ घण्टा 

कार्यस्थलमा स्तनपान कक्षको अभाव
  • १३ घण्टा 

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
  • १३ घण्टा 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
  • १३ घण्टा 

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ६. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

  •  मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

भद्रपुर । अर्जुनधारा–९ स्थित शनिश्चरे नगर अस्पतालस्थित निःशुल्क आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम प्रभावकारी बनिरहेको पाइएको छ । गुणस्तरीय सेवा, दक्ष चिकित्सक, निःशुल्क शल्यक्रिया तथा एम्बुलेन्स सुविधाका कारण अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विसं २०७७ देखि नगर अस्पतालका रूपमा सेवा सुरु गरेको उक्त अस्पतालले विसं २०८१ असार २० गतेदेखि नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

अस्पताल प्रशासन शाखा प्रमुख राजविक्रम खड्काका अनुसार, कार्यक्रम सुरु भएयता हालसम्म ५५५ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये २२४ जनाको शल्यक्रियामार्फत र बाँकीको सामान्य प्रसूति भएको अस्पतालको तथ्याङ्क छ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै २६० जना गर्भवतीले सेवा लिएका छन् । तीमध्ये यस जनाको शल्यक्रियामार्फत तथा १६० जनाको सामान्य प्रसूति भएको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो । “गर्भवतीलाई नियमित गर्भ जाँचदेखि निःशुल्क प्रसूति, आवश्यक परे शल्यक्रिया, औषधि, परामर्श र एम्बुलेन्ससम्मको सुविधा उपलब्ध गराउँदै आएका छौँ ।

गुणस्तरीय सेवा पाएपछि सेवाग्राहीको विश्वास बढ्दै गएको छ”, खड्काले भन्नुभयो । अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिप्ती कुँवरको नेतृत्वमा प्रसूति सेवा सञ्चालन भइरहेको छ । अस्पतालले सुत्केरी हुन आउनेका लागि आउँदा वा फर्कदा एकपटक निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ । अर्जुनधारा नगरपालिकासँगै मेचीनगर, बिर्तामोड, कन्काई नगरपालिका, बुद्धशान्ति गाउँपालिका तथा इलामका सूर्योदय, माई नगरपालिका र रोङ गाउँपालिकाबाट गर्भवती सेवा लिन आउने गरेका अस्पतालले जनाएको छ । उक्त नगर अस्पतालको सेवा क्षेत्र विस्तार हुँदै गएको देखिएको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरस्तरबाट निःशुल्क सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने अभियान देशमै नमूना बनेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको अस्पतालबाट विशेषज्ञसहित गुणस्तरीय र निःशुल्क सुत्केरी सेवा दिन सकिन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौँ । दक्ष जनशक्ति, पर्याप्त पूर्वाधार र निःशुल्क सेवाका कारण सेवाग्राहीको विश्वास बढ्दै गएको छ ।” १५ शय्याको स्वीकृति प्राप्त शनिश्चरे नगर अस्पतालले हाल ६० शय्यासम्म सेवा विस्तार गर्दै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङका अनुसार हाल अस्पतालबाट दैनिक ५०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् ।

अस्पतालले स्थानीय नागरिकको मागलाई मध्यनजर गर्दै आगामी दिनमा दन्त सेवा, फिजियोथेरापी सेवा तथा ल्याप्रोस्कोपिक शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले गुणस्तर सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८२/८३ को न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ८१ अङ्कसहित जिल्लामा सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालले जनाएको छ।रासस

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

ताजा

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.