• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १९, २०८३
मङ्गलबार, साउन १९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • ५ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • ५ घण्टा 

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
  • ५ घण्टा 

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
  • ६ घण्टा 

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा
  • ६ घण्टा 

कार्यस्थलमा स्तनपान कक्षको अभाव
  • १३ घण्टा 

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
  • १३ घण्टा 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
  • १३ घण्टा 

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ६. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

  •  मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिकलसेल तथा थालसेमियाको परीक्षण, उपचार र व्यवस्थापनका लागि नवजात शिशु र गर्भवती महिलाका लागि निःशुल्क स्क्रिनिङ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले सिकलसेल तथा थालसेमियाका विपन्न बिरामीलाई उपचारका लागि अधिकतम रु एक लाख आर्थिक सहायता तथा स्वास्थ्य बिमामार्फत थप रु एक लाखसम्मको सुविधा उपलब्ध गराएको छ । यस्तै कान्ति बाल अस्पताल र भेरी अस्पतालमा बजेट विनियोजन गरिएको छ ।

प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बैठक र समयमा सांसदले राख्नुभएका स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विशेषगरी पश्चिम तराईका थारु समुदायमा सिकल सेल एनिमिया गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेकाले रोकथाम, पहिचान र उपचारका लागि सरकारले विभिन्न अस्पतालमा निःशुल्क परीक्षण, उपचार र औषधि उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बर्दिया जिल्ला अस्पताललाई सिकलसेल उपचार केन्द्रका रूपमा सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री मेहताले स्वास्थ्य सेवा विभागले सिकलसेल तथा थालसेमिया व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका लागू गरेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा सिकल सेल रजिस्ट्री निर्माणको कार्य अघि बढिरहेको बताउनुभयो । उहाँले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उपचार तथा व्यवस्थापनका लागि बजेट हस्तान्तरण भई कार्यान्वयनमा रहेको र प्रभावित जिल्लामा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन भइरहेको बताउनुभयो । मन्त्री मेहताले ट्रमा सेन्टर र सघन उपचारसम्बन्धी विषयप्रति सरकार गम्भीर रहेको र मधेसको लहान, बागमतीको कमलामाई, गण्डकीको देवचुली, लुम्बिनीको बर्दघाट र सुदूरपश्चिमको लम्कीचुहामा ट्रमा सेन्टर स्थापना स्वीकृत भइसकेको जानकारी दिनुभयो ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड, २०७७ अनुसार ५० वा सोभन्दा बढी शय्या भएका अस्पतालमा कम्तीमा ५ प्रतिशत आइसिसी बेड अनिवार्य गरिएको मन्त्री मेहताले बताउनुभयो । सेवालाई प्रभावकारी बनाउन भेन्टिलेटर, २४सै घण्टा नर्सिङ सेवा, विशेषज्ञ चिकित्सक र आवश्यक निगरानी प्रणालीको व्यवस्था सुनिश्चित गरिँदै आएको बताउँदै उहाँले विपन्न नागरिकको सघन उपचारमा पहुँच बढाउन बिरामीको चाप बढी भएका सङ्घीय अस्पतालमा थप आइसियु बेड विस्तार गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो । डाइलासिस सेवा मन्त्री मेहताले विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हेमोडायालाइसिस सेवाका लागि हालसम्म सूचीकृत १२३ वटा अस्पतालबाट नियमित हेमोडायालाइसिस सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।

डाइलासिस सेवा लिने बिरामीले नजिकको सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्ने गरी बिरामीको चापको आधारमा थप डाइलासिस मेसिन उपलब्ध गराउने र थप स्वास्थ्य संस्था सूचीकृत गर्ने कार्य अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । जलनसम्बन्धी घटनाबाट आफ्ना नागरिकले भोग्नुपरेको पीडा र यसको उपचारका लागि विदेशिनुपर्ने बाध्यताप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउँदै मन्त्री मेहताले उपचारभन्दा रोकथाम उत्तम भन्ने सिद्धान्त र स्वास्थ्य क्षेत्रमा लगानी नै मानव पुँजी निर्माण हो भन्ने तर्कसँग सरकार पूर्णतः सहमत रहेको बताउनुभयो ।

“सरकारले जलन उपचार सेवालाई थप विस्तार गर्ने नीति लिएको छ । यसअन्तर्गत सङ्घीय विशिष्टीकृत अस्पतालमा नयाँ बर्न युनिटको स्थापना गर्ने, वीर अस्पताल र कीर्तिपुर अस्पतालको जलन सघन उपचार क्षमतालाई सुदृढ तुल्याउने तथा प्लास्टिक र रिकन्स्ट्रक्टिभ सर्जरी सेवालाई सरकारी अस्पतालमा संस्थागत रूपमै विस्तार गर्ने कार्यलाई बजेट विनियोजनमा उच्च प्राथमिकतामा राखेका छौँ ।” सातै प्रदेशमा अत्याधुनिक बर्न युनिट, बर्न आइसियु र पुनःस्थापना केन्द्र स्थापना गर्ने मागलाई गम्भीरतापूर्वक लिइएको उहाँले बताउनुभयो ।

मन्त्री मेहताले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजनामार्फत मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा एकीकृत गरिएको जानकारी गराउनुभयो । सरकारले नीति तथा कार्यक्रममार्फत राष्ट्रिय मानसिक स्वास्थ्य नीति तर्जुमा गरी स्थानीय तहका स्वास्थ्य संस्थाबाट समेत आधारभूत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने लक्ष्य लिइएको उहाँले स्पष्ट पार्नुभयो।रासस

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

ताजा

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.