• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्तन क्यान्सर पत्ता लगाउने सजिलो तरिका (भिडियो)
  • १ घण्टा 

नारायणी अस्पतालमा स्तनपानबारे फैलाइयो प्रभावकारी जनचेतना
  • २ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ
  • ३ घण्टा 

डा थापा तथा अमात्यद्वारा पद तथा गोपनीयताको शपथ
  • ४ घण्टा 

डाक्टरको चन्दाले जब जोगायो अनिलको ज्यान
  • ६ घण्टा 

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’
  • ८ घण्टा 

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
  • १ दिन 

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
  • १ दिन 

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  • २. बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

  • ३. मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

  • ४. लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ५. चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न

  • ६. दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

  • ७. भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा

  • ८. ‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

  • ९. इबोलाले बढायो गर्भवतीको जोखिम

  • १०. नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

नारायणी अस्पतालमा स्तनपानबारे फैलाइयो प्रभावकारी जनचेतना

  •  शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

वीरगञ्ज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नारायणी अस्पतालमा स्तनपानको महत्व तथा शिशु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार अस्पतालका नर्सिङ स्टाफहरूले स्तनपानको महत्वबारे जनचेतना फैलाएका हुन् ।

वरिष्ठ युरोलोजिष्ट डा. चितरञ्जन साहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख बालरोग परामर्शदाता डा. शैलेश ठाकुर, प्रमुख स्त्री तथा प्रसूति रोग परामर्शदाता डा. सुरेन्द्रप्रसाद चौधरी र नर्सिङ प्रमुख श्रुति शाहको विशिष्ट उपस्थिति रहेको थियो ।

नर्सिङ स्टाफहरूले प्रस्तुत गरेको नाटकमा शिशु जन्मिएलगत्तै आमाको पहिलो बिगौती दूध खुवाउनुपर्ने, जन्मेदेखि ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने तथा स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सन्देश प्रवाह गरिएको थियो । अभिनयमार्फत स्तनपानसम्बन्धी समाजमा विद्यमान विभिन्न गलत धारणा, भ्रम तथा परम्परागत मान्यतालाई समेत प्रस्तुत गरिएको थियो । यस्ता भ्रमका कारण आमा र शिशुको स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत गराउँदै स्तनपानका वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी फाइदालाई समुदायसम्म पु‍र्‍याउनुपर्ने सन्देश दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध सर्वोत्तम आहार भएको बताए । शिशु जन्मिएपछि सकेसम्म चाँडो स्तनपान सुरु गराउनुका साथै ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा परिवार र समुदायलाई सचेत बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

उनीहरूले स्तनपानसम्बन्धी गलत धारणा र सामाजिक भ्रम हटाउन स्वास्थ्यकर्मी, परिवार तथा समुदायबीच निरन्तर समन्वय र जनचेतना आवश्यक रहेको उल्लेख गरे । स्वास्थ्य संस्थाबाट सञ्चालन हुने यस्ता सिर्जनात्मक तथा व्यावहारिक कार्यक्रमले आमाहरूलाई स्तनपानको महत्व बुझाउन र सकारात्मक व्यवहार विकास गर्न सहयोग पु‍र्‍याउने उनीहरूको विश्वास थियो ।

विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइन्छ । यस अवसरमा नारायणी अस्पतालले स्तनपानको महत्व, शिशु स्वास्थ्य तथा आमाको स्वास्थ्यसँग सम्बन्धित विषयमा विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रमको अन्त्यमा प्रभावकारी अभिनय प्रस्तुत गर्ने तथा कार्यक्रम सफल बनाउन योगदान पु‍र्‍याउने नर्सिङ स्टाफहरूलाई प्रशंसास्वरूप प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । यससँगै विश्व स्तनपान सप्ताह–२०२६ अन्तर्गत नारायणी अस्पतालमा सञ्चालित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्तन क्यान्सर पत्ता लगाउने सजिलो तरिका (भिडियो)
कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ
डा थापा तथा अमात्यद्वारा पद तथा गोपनीयताको शपथ

लोकप्रिय

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न

ताजा

स्तन क्यान्सर पत्ता लगाउने सजिलो तरिका (भिडियो)

नारायणी अस्पतालमा स्तनपानबारे फैलाइयो प्रभावकारी जनचेतना

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

डा थापा तथा अमात्यद्वारा पद तथा गोपनीयताको शपथ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.