• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अस्पतालको भवन तयारः उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

  •  आइतबार, साउन २४, २०८३ मा प्रकाशित

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ । भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ । सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साताअघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा काम सुरु भएको भवन रु छ करोड १८ लाख ७९ हजार ४८१ को लागतमा निर्माण गरिएको हो । दुईतले आरसिसी भवनमा उपचार कक्ष, शौचालय, विद्युत् तथा खानेपानीलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छ । भवनको जिम्मा पाएको शृङ्खला निर्माण सेवा प्रालि बिदुर नगरपालिका-४ (नुवाकोट)ले निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । अस्पताल सञ्चालनका लागि दुई चिकित्सकसहित २२ जनाको दरबन्दी कायम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, फार्मेसी तथा प्रशासनतर्फका कर्मचारीको दरबन्दी रहे पनि आवश्यकताअनुसार थप जनशक्ति करार सेवाबाट व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा अन्य सामग्री व्यवस्थापन गर्न सङ्घ र प्रदेश सरकारसँग माग गरिएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध भएपछि अस्पताललाई निर्धारित सेवा र क्षमताअनुसार सञ्चालन गर्न सहज हुने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक सेवा तथा दन्त उपचार सेवा स्थानीयस्तरबाटै प्राप्त गर्ने बताउनुभयो । जटिल प्रकृतिका बिरामीलाई भने आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा पठाइने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले यही साउन अन्त्यसम्म अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल वडा नं ७ मा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई साउन महिनाभित्रै नयाँ अस्पताल भवनमा स्थानान्तरण गरी सोही भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । दश शय्याको अस्पताल सञ्चालनका लागि भवन, दरबन्दी तथा आधारभूत पूर्वाधार तयार भए पनि आवश्यक उपकरण र स्रोतसाधनको व्यवस्थापन पूरा गर्नुपर्ने भएकाले अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न चुनौती रहेको गाउँपालिकाले जनाएको छ ।

आवश्यक व्यवस्था पूरा भएमा मर्स्याङ्दी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक तथा दन्त उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।रासस

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.