• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

  •  आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

सप्तरी । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान गरी प्रभावकारी समाधानका उपाय खोज्न आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालमा सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटरलगायत अन्य अत्याधुनिक उपकरण जडानका लागि ठाउँको अभाव भएकाले भदौभित्रै नयाँ भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था जानकारी लिन राजविराज आउनुभएकी स्वास्थ्यमन्त्री मेहताले अस्पतालमा भवनको अभाव रहेकाले यथाशीघ्र निर्माण गरी हस्तान्तरण गर्न सरोकार भएकालाई आग्रह गर्नुभयो । करिब रु ३१ करोडको लगानीमा निर्माण गरिएको उक्त अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि यहाँका अधिकांश समस्या समाधान हुने बताउँदै उहाँले आगामी भदौभित्र भवन हस्तान्तरण गरी अस्पतालको सेवाप्रवाह व्यवस्थित बनाउन सहकार्य र समन्वय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

अस्पतालको सभाकक्षमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको समस्या बुझ्न र समस्या पहिचान गरी समाधान खोज्न स्थलगत अवलोकन गरिएको बताउनुभयो । टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित भारदह अस्पताल, राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरेको छ । हाल ५० शय्यामा सञ्चालन भइरहेको अस्पतालमा सेवा विस्तार गरी एक सय शय्या पुर्‍याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । राजविराजमै रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि यहाँका सर्वसाधारणलाई उपचार सहज र छिटो प्राप्त उहाँले उहँँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री मेहताले प्रतिष्ठानका लागि चालु आवमा रु ५० करोड बजेट छुट्याइएको जानकारी दिँदै अब ऐन पारित गरी प्रतिष्ठानको निर्माण पनि छिट्टै अघि बढाइने बताउनुभयो । टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहता, प्रतिनिधिसभाका सदस्यद्वय डा अङ्किता ठाकुर र पुष्पा चौधरीसहित सहभागी हुनुहुन्थ्यो । अस्पतालका अधिकृत सूर्यकान्त झाले हाल ५० शय्याको स्वीकृति प्राप्त गरी ठूलो सङ्ख्यामा बिरामीलाई सेवा प्रदान गर्दै आउनुपरेको बताउनुभयो । उहाँले थप शय्या विस्तार गर्न तथा नर्सिङ कलेजका लागि नयाँ भवन तयार भए पनि जनशक्ति र बजेट अभावका कारण सञ्चालन हुन नसकेकाले आवश्यक व्यवस्था गर्न मन्त्री मेहतालाई आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि अस्पताल विकास समिति गठन हुन नसकेकाले समिति गठन गर्नुपर्ने, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण गर्नुपर्नेलगायत चारबुँदे अनुरोधपत्र मन्त्री मेहतालाई बुझाउनुभएको थियोे ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र मण्डलको अध्यक्षतामा आयोजित संवाद कार्यक्रममा स्थानीयका तर्फबाट दीपेन्द्र चौधरीले अस्पताल सुधारका १५ बुँदे ज्ञापनपत्र मन्त्री मेहतालाई बुझाउनुभयो । उहाँले नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारले अझै लालपुर्जा पाउन नसकेको भन्दै पहलका लागि मन्त्री मेहताको ध्यानाकर्षण गराउनुभएको थियोे।रासस

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.