• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ

  •  मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

जेनेभा । विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन ।

डब्लुएचओ र युनिसेफको प्रतिवेदनले पहिलोपटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो । सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ । आधारभूत सरसफाइ मापदण्ड पूरा गर्न कर्मचारीका लागि छुट्टै कम्तीमा एउटा शौचालय, महिनावारी स्वच्छताका सुविधासहित कम्तीमा एउटा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा सीमित गतिशीलता भएका व्यक्तिका लागि पहुँचयोग्य कम्तीमा एउटा शौचालय हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सत्तरी देशको तथ्याङ्कमा आधारित प्रतिवेदनले स्वास्थ्य संस्थामा सरसफाइ सेवाको अवस्था क्षेत्रअनुसार निकै फरक रहेको देखाएको छ । उपसहारा अफ्रिकाका केवल २३ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत सरसफाइ सेवा उपलब्ध गराएका छन् भने मध्य तथा दक्षिण एसियामा यस्तो सेवा उपलब्ध गराउने संस्थाको हिस्सा ५५ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार विश्वभर १० मध्ये एकभन्दा बढी स्वास्थ्य संस्थामा कुनै प्रकारको सरसफाइ सेवा छैन । यस्ता संस्थाले करिब ९३ करोड ६० लाख मानिसलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरेका छन् । सरसफाइबाहेक प्रतिवेदनले स्वास्थ्य संस्थामा सुरक्षित खानेपानी, स्वच्छता, वातावरणीय सफाइ तथा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनको अवस्थासमेत मूल्याङ्कन गरेको छ । सन् २०२५ मा विश्वका करिब ८५ प्रतिशत स्वास्थ्य संस्थामा आधारभूत खानेपानी सेवा, ७२ प्रतिशतमा आधारभूत स्वच्छता सेवा र ७१ प्रतिशतमा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनका आधारभूत सुविधा रहेको पाइएको छ ।

वातावरणीय सफाइको अवस्था भने अझ कमजोर देखिएको छ । केवल ५९ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् । यसका लागि निश्चित सफाइ प्रक्रिया तथा त्यसमा तालिमप्राप्त कर्मचारी आवश्यक पर्ने र सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार करिब एक अर्ब ५० करोड मानिसलाई सेवा प्रदान गर्ने १८ प्रतिशत स्वास्थ्य संस्थाले वातावरणीय सफाइका कुनै पनि आधारभूत आवश्यकता पूरा गरेका छैनन् । यससम्बन्धी निष्कर्ष ५४ देशको तथ्याङ्कमा आधारित छ । गरिब तथा विकासका दृष्टिले पछाडि परेका देशमा स्वास्थ्य संस्थाको सरसफाइ अवस्था अझ कमजोर रहेको पाइएको छ । विश्वका अति कम विकसित राष्ट्रमा केवल २४ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य तथा बालसम्बन्धी निकायले स्वास्थ्य संस्थामा सरसफाइ, खानेपानी र फोहोर व्यवस्थापनको कमजोर अवस्थाले बिरामी तथा स्वास्थ्यकर्मी दुवैको स्वास्थ्य जोखिम बढाउन सक्ने भएकाले आधारभूत सुविधामा लगानी र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको औँल्याएका छन्।रासस

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.