• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

इमरानको स्वास्थ्यप्रति अल्वीको चिन्ता

  •  मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

इस्लामाबाद । पाकिस्तानका पूर्वराष्ट्रपति आरिफ अल्वीले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको दाबी गर्दै उहाँलाई तत्काल अस्पतालमा सारेर स्वतन्त्र चिकित्सकको निगरानीमा उपचार गर्न माग गर्नुभएको छ । उहाँले खानको तनाव, मुटुको धड्कन र उच्च रक्तचापप्रति विशेष चिन्ता व्यक्त गर्दै लामो समयको एकान्तवासले उहाँको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउनुभएको हो ।

अल्वीले सामाजिक सञ्जाल एक्समा खानको मेडिकल रिपोर्ट आफूले विभिन्न विशेषज्ञसँग छलफल गरेर अध्ययन गरेको बताउँदै त्यसका आधारमा आफू गम्भीर रूपमा चिन्तित भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार रिपोर्टमा खानको चिन्ता र तनावको उच्च स्तर, मुटुको धड्कन तथा उच्च रक्तचाप मुख्य चिन्ताका विषय देखिएका छन् । उहाँले रिपोर्टमा निद्रासम्बन्धी समस्याको स्पष्ट उल्लेख नभए पनि खानले प्रयोग गरिरहेको औषधिले त्यस्तो समस्या रहेको सङ्केत गर्ने बताउनुभयो । “म इमरान खानलाई ३५ वर्षभन्दा बढी समयदेखि चिन्छु । तनाव कहिल्यै उहाँको कमजोरी थिएन ।

अहिले यो चरम अवस्थामा पुगेको छ, जसले तीन वर्षको जेल र पूर्ण एकान्तवासले उहाँको स्वास्थ्यमा पारेको असर देखाउँछ”, अल्वीले भन्नुभयो । अल्वीले खानको मानसिक तनावलाई पाकिस्तानको राजनीतिक अवस्था, उहाँका सहकर्मीहरूको कैद तथा कतिपय व्यक्तिमाथि भएका सजाय र हिंसाका घटनासँग जोड्नुभएको छ । परिवार, बाहिरी संसार र सूचना स्रोतबाट लामो समय अलग राखिनु तथा समाचारपत्र र पुस्तकमा पहुँच नहुनुले समेत उहाँको तनाव बढाएको अल्वीको भनाइ छ । खानको मुटुको चालप्रति पनि चिन्ता व्यक्त गर्दै अल्वीले उहाँको आरामको अवस्थामा मुटुको दर ५४ बिट प्रतिमिनेट रहेको बताउनुभयो । सामान्य व्यक्तिका लागि यस्तो दरलाई चिकित्सकीय रूपमा सामान्य मान्न सकिए पनि खानको विगतको मुटुको दरको तुलनामा यो असामान्य हुन सक्ने उहाँको भनाइ छ । खानले मुटु धड्किने समस्या पनि बताउनुभएको अल्वीले उल्लेख गर्नुभयो ।

अल्वीले खानको स्वास्थ्य अवस्थाको विस्तृत मूल्याङ्कनका लागि तत्काल २४ घण्टे होल्टर मोनिटरमार्फत मुटुको निगरानी र रक्तचापको नियमित परीक्षण गर्न सुझाव दिनुभयो । उहाँले तनाव परीक्षण, इकोकार्डियोग्राम, कार्डियक एमआरआई, कोरोनरी धमनीको क्याल्सियम स्क्यान तथा कार्डियक सीटी एन्जियोग्रामलगायत परीक्षण आवश्यक हुन सक्ने बताउनुभयो । “म निकै चिन्तित छु । एकान्तवासले उहाँको शरीरमा शारीरिक असर गरिरहेको छ । यसलाई तत्काल सम्बोधन नगरिए थप जटिलतासहितको क्षति स्थायी हुन सक्छ”, अल्वीले भन्नुभयो । उहाँले खानलाई स्वतन्त्र चिकित्सकको प्यानलको निगरानीमा तत्काल अस्पतालमा सार्नुपर्ने माग गर्नुभयो । खानको परिवार र पाकिस्तानका नागरिकले सरकारद्वारा नियुक्त चिकित्सकमाथि मात्र विश्वास गर्न नसक्ने अवस्था रहेको पनि अल्वीले बताउनुभयो । आगामी तीन महिनामा उहाँको स्वास्थ्यमा सुधार आउने वा क्षति स्थायी बन्ने भन्ने विषय महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

पूर्वप्रधानमन्त्री खान हाल जेलमा हुनुहुन्छ । उहाँका छोराहरू सुलेमान खान र कासिम खानले पनि बुबाको स्वास्थ्य तथा परिवार, चिकित्सक र कानूनी प्रतिनिधिसँगको पहुँचबारे चिन्ता व्यक्त गर्दै आउनुभएको छ । उहाँहरूका अनुसार परिवार, चिकित्सक र वकिललाई सात महिनादेखि खानलाई भेट्न अनुमति दिइएको छैन । खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरूले उहाँ र उहाँकी पत्नी बुशरा बीबीको तत्काल रिहाइको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहनुभएको थियो । संसदीय अविश्वास प्रस्तावमार्फत पदबाट हटाइएपछि उहाँविरुद्ध विभिन्न मुद्दा अघि बढाइएका थिए । भ्रष्टाचार तथा सरकारी गोपनीयता उल्लङ्घनलगायतका मुद्दामा दोषी ठहरिएपछि उहाँ सन् २०२३ देखि जेलमा हुनुहुन्छ । खान र उहाँका राजनीतिक सहयोगीहरूले आफूविरुद्धका कानूनी कारबाही राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र उहाँको राजनीतिक पुनरागमन रोक्न मुद्दाहरू अघि बढाइएको आरोप लगाउँदै आएका छन् ।

प्रधानमन्त्री पदबाट हटाइएपछि खानले तत्कालीन प्रधानमन्त्री शाहबाज सरिफको सरकार, पाकिस्तानको सैन्य प्रतिष्ठान तथा अमेरिकाले आफूलाई सत्ताबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाउँदै राष्ट्रव्यापी राजनीतिक अभियान सञ्चालन गर्नुभएको थियो । पाकिस्तानी प्रशासनले भने ती आरोप अस्वीकार गर्दै आएको छ । सन् २०२४ को आमनिर्वाचनमा पीटीआईलाई प्रत्यक्ष रूपमा सहभागी हुन रोक लगाइएको र त्यसपछि पार्टीका नेता तथा समर्थकमाथि कारबाही गरिएको विषयलाई लिएर पनि खानका समर्थकहरूले विरोध गर्दै आएका छन् । उनीहरूले खानविरुद्धका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र उहाँको पुनः राजनीतिक सक्रियता रोक्ने उद्देश्यले अघि बढाइएको दाबी गर्दै आएका छन्।रासस

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.