• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै चार स्थानमा शिविर

  •  बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

रसुवा । गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ । यही भदौ १२ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । मेला भर्न जाने श्रदालुको स्वास्थलाई ध्यानमा राखी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । कठिन उकालो, चिसो मौसम र उच्च भूभागमा यात्रा गर्नुपर्ने भएकाले धार्मिक आस्थासँगै स्वास्थ्य सुरक्षालाई आत्मासात् गर्दै शिविर आयोजना गर्न लागिएको रसुवा जनस्वास्थ्य अधिकृत नीरध्वज घर्तीमगरले राससलाई जानकारी दिनुभयो ।

तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चे, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिएको छ । धार्मिकयात्राको प्रवेशविन्दु मानिने शिव मन्दिर क्षेत्रमा पहिलो स्वास्थ्य परीक्षण गरिनेछ । त्यहाँ रसुवा अस्पताल तथा आयुर्वेदका चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गर्नेछन् । यसैगरी, चोलाङपाटीमा नेपाली सेना श्रीश्रीनाथ गणले चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । लौरीविनायकमा गोसाइँकुण्ड गाउँपालिकाले तथा गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको छ । नेपाली सेना श्रीश्रीनाथ गणले चोलाङपाटीको स्वास्थ्य शिविरका अतिरिक्त चन्दनबारीमा समेत हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउनेछ ।

उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लाग्ने समस्या, टाउको दुख्ने, वाकवाक लाग्ने, थकान तथा अन्य स्वास्थ्य समस्यामा तत्काल प्राथमिक उपचार र चिकित्सकीय परामर्श उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । गोसाइँकुण्ड समुद्र सतहबाट करिब चार हजार ३८० मिटरको उचाइमा पर्छ । उक्त स्थानमा जनैपूर्णिमाका दिन देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री पुग्ने गर्छन् । गोसाइँकुण्डलाई भगवान् शिवसँग जोडिएको पवित्र धार्मिक तीर्थस्थलकाका रुपमा पूजा गरिन्छ । जनैपूर्णिमाका अवसरमा यहाँ स्नान तथा पूजाआजा गर्न भारतबाट समेत तीर्थयात्री आउने गर्छन् । धार्मिक श्रद्धासँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राखेर यात्रा गरे गोसाइँकुण्डको पवित्र दर्शन र स्नानलाई थप सहज, सुरक्षित तथा स्मरणीय बनाउन सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन् । रसुवा अस्पतालका प्रमुख डा अमित प्रजापतिले चिकित्सकको परामर्शअनुसार आफ्नो स्वास्थ्यको ख्याल गर्दै यात्रा गरे लौरीविनायकको कठिन उकालो पार गर्न सहज हुने बताउनुभयो । वरिष्ठ सर्जन डा सुनिलदासले उच्च लेकाली भूभागमा यात्रा गर्दा प्रशस्त पानी पिउने, विस्तारै हिँड्ने र हल्का तातो खानेकुरा सेवन गर्न सुझाव दिनुभएको छ ।

धार्मिक आस्थाका नाममा खाली पेट लामो उकालो नचढ्न तथा टाउको दुख्ने, वाकवाक लाग्ने वा शरीरमा कुनै किसिमको असहजता महसुस भए तत्काल चिकित्सकसँग परामर्श गरी औषधि सेवन गर्न उहाँले आग्रह गर्नुभयो । यात्राका क्रममा लसुन, अदुवा, कागतीलगायत परम्परागत घरेलु उपायले पनि सहज महसुस गर्न सहयोग गर्न सक्ने भए पनि चिकित्सकले सिफारिस गरेको औषधिलाई पहिलो प्राथमिकता दिन चिकित्सकहरूले सुझाव दिएका छन् । हजारौँ तीर्थयात्रीको सम्भावित आगमनलाई ध्यानमा राख्दै स्वास्थ्य शिविरमार्फत यात्राको प्रारम्भदेखि नै स्वास्थ्य निगरानी र प्राथमिक उपचारको व्यवस्था मिलाइएको डा प्रजापतिले बताउनुभयो ।

तीर्थयात्राका क्रममा स्थानीयस्तरका स्वास्थ्य शिविरबाट उपचार सम्भव नभए जिल्ला अस्पताल धुन्चेसम्म ल्याउन नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका उद्धारकर्मी परिचालनका लागि तयारी अवस्थामा रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनुभयो । उहाँले तीर्थयात्रीलाई निर्धक्क भएर यात्रा गर्न र शरीरमा कुनै असहजता देखिए नजिकको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गर्नुभयो।रासस

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.