• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा तालिम

  •  बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा जिटिए फाउन्डेसनको सहकार्यमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा तालिम सफलतापूर्वक सम्पन्न भएको छ । आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (सिपिआर) तथा जीवनरक्षासम्बन्धी आवश्यक सीप अभिवृद्धि गरी अस्पताल पुग्नुअघि प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

उक्त तालिम जिटिए फाउन्डेसनद्वारा सञ्चालन भइरहेको “नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता” सम्बन्धी अध्ययनअन्तर्गत सम्पन्न गरिएको हो । अध्ययनको मुख्य उद्देश्य एम्बुलेन्स चालकहरूको आधारभूत जीवनरक्षा सम्बन्धी ज्ञान, दक्षता तथा व्यावहारिक सीप विकास गरी आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ । नेशनल मेडिकल कलेजको सभाहलमा सञ्चालन भएको तालिममा ३४ जना एम्बुलेन्स चालकहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा जिटिए फाउन्डेसनका तर्फबाट ललिता अवाल (इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक), रुबी श्रेष्ठ (अनुसन्धान सहायक) र ललिता कुँवर (अनुसन्धान सहायक) को उपस्थिति रहेको थियो । नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

तालिम सञ्चालनमा जिटिए फाउन्डेसनका प्रशिक्षकहरूसँगै नेशनल मेडिकल कलेजबाट आधारभूत जीवनरक्षा प्रशिक्षक प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईं ले समेत सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तालिममा सहभागी एम्बुलेन्स चालकहरूलाई आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (सिपिआर), आधारभूत जीवनरक्षा अभ्यास, प्राथमिक उपचारका विधि तथा जीवनरक्षासम्बन्धी विभिन्न व्यवहारिक सीपहरूबारे प्रशिक्षण दिइएको थियो । तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले एम्बुलेन्स चालकहरूको क्षमता अभिवृद्धिलाई स्वास्थ्य सेवाको महत्वपूर्ण पक्षका रूपमा ग्रहण गर्दै यस्ता व्यावहारिक तथा सीपमूलक तालिमलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ । आकस्मिक स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दुमध्ये एक मानिने एम्बुलेन्स चालकहरूको दक्षताले बिरामीको प्रारम्भिक व्यवस्थापन तथा सुरक्षित अस्पताल स्थानान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

जिटिए फाउन्डेसन र नेशनल मेडिकल कलेजबीचको यस सहकार्यले एम्बुलेन्स चालकहरूको क्षमता विकाससँगै समुदायस्तरमा आकस्मिक स्वास्थ्य सेवा तथा अस्पताल पुग्नुअघिको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.