• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

  •  बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी उपचारमा पहुँच बढाउने ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र आमा तथा बच्चाको पोषण अवस्था सुधारका साथै जोखिमपूर्ण तवरले घरमै प्रसुति हुनेको सङ्ख्या शून्य बनाउने उद्देश्यले ‘गर्भवती र सुत्केरीसँग’ उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको हो ।

चालु आव २०८३/८४ मा रु पाँच/पाँच लाख बजेट विनियोजन भएको दुईवटै कार्यक्रमको गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार पालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले शुभारम्भ गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत स्वास्थ्यकर्मी हरेक महिनाको एकपटक ६८ वर्षभन्दा बढी उमेरका नागरिकको घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, परामर्श र स्वास्थ्य संस्थामा उपलब्ध भएको औषधि उपलब्ध गराउने तथा स्थानीयस्तरमा उपचार नहुने समस्या भएकालाई अस्पताल जान सुझाउने गरेका छन् ।

गत वर्ष दोहोरिएका गरेर छ हजार ४०० ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य परीक्षण सेवा पाएका रघुगङ्गाको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले बताउनुभयो । तोकिएको चार पटक गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा आउने र अस्पताल तथा प्रसूति गृहमा सुरक्षित प्रसुति हुने सुत्केरीलाई अण्डा उपहार दिने व्यवस्था मिलाइएको छ । हरेक पटक गर्भपरीक्षण गर्न आउँदा र प्रसूति भएपछि स्वास्थ्यकर्मी घरभेटमा जाँदा अण्डा उपहार दिने गरेका छन् । गत आवमा रघुगङ्गामा संस्थागत प्रसूति सेवा लिएका ८६ जनाले यो सुविधा पाएका छन् । वडा नं ६ पाखापानीका एक जना बाहेक सबैले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख जयसवालले बताउनुभयो ।

गर्भ र प्रसूति अवस्थामा पोषणयुक्त खानेकुराको व्यवस्था मिलाउनुपर्ने सन्देश प्रवाह गराउने तथा घरमा प्रसूति हुने सङ्ख्यालाई शून्य बनाएर मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले आव २०८१/८२ देखि सुरु भएको कार्यक्रम प्रभावकारी देखिएकाले चालु आवमा पनि निरन्तरता दिएको उपाध्यक्ष पुनले बताउनुभयो।रासस

बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.