• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
  • २ घण्टा 

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
  • ३ घण्टा 

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु
  • ३ घण्टा 

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
  • ३ घण्टा 

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे
  • ३ घण्टा 

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • ४ घण्टा 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • ४ घण्टा 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ७ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ४. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

  • ५. भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

  • ६. आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

  • ७. ‘नारायणी हस्पिटल फर्मुलरी २०८२’ विमोचन

  • ८. तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

  • ९. नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

  • १०. विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

  •  आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेकोे निःशुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको छ । ती शिविरमा कारागारका कर्मचारी, कैदीबन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिनुभयो ।

अस्पतालले नख्खुमा कारागारमा कैदीबन्दी, थुनुवा तथा कर्मचारीका लागि सञ्चालन गरेको शिविरमा ९०७ सेवाग्राहीको आँखा परीक्षण गरेको थियो । त्यहाँ आँखा परीक्षण गराउनेमा मोतिबिन्दु, दृष्टिदोष तथा मनसुनमा देखिने विभिन्न रोगको पहिचान भएको अस्पतालले जनाएको छ । विशेषज्ञसहित आठ जनाको टोलीले त्यस शिविरमा २० जनामा मोतिविन्दु पहिचान गरेको थियो भने ४२१ जनालाई आँखाको औषधि प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

आँखा परीक्षणका क्रममा मोतीबिन्दु देखिएकालाई कारागार व्यवस्थापनसँगको सहकार्यमा अस्पतालले केही समयपछि निःशुल्क शल्यक्रिया गर्नेछ । त्यस्तै, १४६ जना कैदीबन्दीमा पढ्न÷लेख्न समस्या देखिएकाले निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको तथा शिविरमा उपचार हुन नसकेका ९२ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको जनाइएको छ । त्यस अवसरमा अस्पतालकै प्राविधिक टोलीले कैदीबन्दी, थुनुवा तथा कर्मचारीका लागि आँखा स्वास्थ्य, सुरक्षा तथा हेरचाहका सम्बन्धमा चेतनामूलक अभिमुखीकरणसमेत प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत गोसाइँले जानकारी दिनुभयो । उक्त अस्पतालले केन्द्रीय कारागार, नख्खु कारागार र सदरखोर (कारागार) डिल्लीबजारसँग सम्झौता गरी त्यहाँका कैदीबन्दी, थुनुवा तथा कर्मचारीलाई आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यसैबीच, त्यस अस्पतालले लायन्स क्लब अफ नीलबाराही र ललितपुर महानगरपालिका–१० को सहजीकरणमा कुपण्डोलस्थित सिख धर्मावलम्बीको धार्मिकस्थल गुरुद्वारामा सञ्चालन गरेको निःशुल्क अाँखा शिविरमा २१४ जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

शिविरमा आएकामध्ये आठ जनामा मोतीबिन्दु पहिचान भएको थियो । त्यसअवसरमा शिविरमा आँखा परीक्षण गराएका १०० जना बिरामीलाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये १९ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको थियो भने १४१ जनालाई औषधि प्रदान गरिएको जानकारी दिइयो । एजिङ केयर सेन्टरमा आँखा शिविर नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालित निःशुल्क आँखा शिविरमा १०५ बिरामीको आँखा जाँच गरिएको छ ।

शिविरमा आँखा परीक्षण गरिएकामध्ये सेन्टरका नौ जना र स्थानीय पाँच जनामा मोतीबिन्दुको पहिचान गरिएको अस्पतालले जनाएको छ । सेन्टर र समुदायका गरी २२ जनालाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाइँले जानकारी दिनुभयो । यसअघि उक्त शिविरको नेपाल आँखा अस्पतालका कार्यसमिति सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठले उद्घाटन गर्नुभएको थियो।रासस

आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

ताजा

बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.