• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

  •  आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिका–६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–७ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित ३१ वर्षीय विवेक राई तथा झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट सोही प्रकृतिको पदार्थ एक सय ३० मिलिग्रामसहित ३० वर्षीय विवेक लिम्बू पक्राउ परेका छन् । झापा गाउँपालिका–४ चर्तागाछीबाट भने पाँच ग्राम दुई सय १० मिलिग्रामसहित १७ वर्षीय किशोर पक्राउ परेका छन् । यसैगरी, बिर्तामोड नगरपालिका–३ पुरानो भद्रपुर रोडबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम तीन सय ८० मिलिग्रामसहित २३ वर्षीय अर्जुन राजवंशी तथा झापा गाउँपालिका–४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्रामसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन् ।

धनुषाको शहीदनगर नगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम पाँच सय ८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भन्ने रामबालक पासवान पक्राउ परेका छन् । पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट गाँजा जस्तो देखिने पदार्थ करिब पाँच सय ग्रामसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम आठ सय ४० मिलिग्रामसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन् ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो एक सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका–२ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्रामसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन्।रासस

आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.