• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

  •  सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका पाँच पालिकाबीच मिलेर काम गर्ने सहमति भएको छ । ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबीच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी दिनुभयो ।

अस्पतालको प्रभाव क्षेत्र धादिङको आरुघाट, त्रिपुरासुन्दरी र गङ्गाजमुना तथा गोरखाको भिमसेनथापा, धार्चे र चुमनुब्री गाउँपालिका पदाधिकारीबीच छलफल भएको संयोजक थापाले जानकारी दिनुभयो । छलफलमा आरुघाट अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा विस्तार, नसर्ने रोगको उपचार, स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन र हेमोडायलिसिस सेवा सञ्चालन गर्न आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ । आरुघाट अस्पतालमा ती सेवा विस्तार गर्न सबै गाउँपालिकाहरुले सहयोग तथा समन्वय गर्ने निर्णय भएको पालिकाको छ ।

“आरुघाट बजारबीच भागमा पर्ने हुनाले यहाँको अस्पतालमा धादिङका दुई र गोरखाका तीन गाउँपालिकाका बिरामीहरु सेवा लिन आउँछन्”, थापाले भन्नुभयो, “आरुघाट आधारभूत अस्पतालको सेवा विस्तार गर्न सबै पालिकाहरुले पहल गर्ने निर्णय भएको छ । यसले छ वटै पालिकाका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन् ।” त्यस अवसरमा अस्पतालको सामाजिक सेवा इकाइमार्फत अति विपन्न, असहाय, कारागारका बिरामीहरु, बेवारिसे बिरामी र बृद्धबृद्धा लाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सेवा इकाई स्थापनाका लागि छ वटै गाउँपालिकाहरुले सहकार्य, समन्वय गर्ने निर्णय भएको उल्लेख छ । आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको संयोजकत्वमा भएको छलफलमा ती पालिकाका प्रमुख एवं प्रतिनिधि तथा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्यका अधिकारीको सहभागिता थियो। रासस

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.