• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • २७ मिनेट 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • ४० मिनेट 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ३ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ३ घण्टा 

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान
  • २२ घण्टा 

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
  • २२ घण्टा 

रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
  • २३ घण्टा 

आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिम्मेवारी तोकियो
  • २३ घण्टा 

विपद्को समयमा राज्य र नागरिकको साथमा रहने एप्पोनको प्रतिबद्धता
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

  • ४. डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

  • ५. गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

  • ६. आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त

  • ७. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ८. ‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

  • ९. स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ

  • १०. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  •  सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

चितवन । भरतपुर अस्पताल प्रशासनले बिरामीको उच्च चापको व्यवस्थापन गर्दै चिकित्सक, कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको छ । तीन त्यस्ता कार्यक्रम गरी सकिएको छ । उहाँले भन्नुभयो, “यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ ।” कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ । यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारी बीचमा द्वन्द्व हुने गरेको छ ।

अस्पताल प्रमुख डा बगालेका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिका विश्वासमा समेत प्रभाव पार्दछ । उहाँले भन्नुभयो “चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ । यसलाई नै प्राथमिकता दिँदै अभिमुखीकरण गरिएको हो ।”

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ बनाएको छ । उहाँले यसले अस्पताललाई हरियाली, सफासँगै सेवाग्राही मैत्री बनाउन काम गर्ने बताउनुभयो । वातावरणीय रुपमा सरसफाइसँगै हरियाली बनाउन, सेवाग्राहीसँग राम्रो व्यवहार गर्न, सहज रुपमा सेवा प्रवाह गर्न, पूर्वाधारलाई सुन्दर बनाउने जस्ता काम कमिटीले गरिरहेको छ ।

अस्पताल प्रमुख डा बगालेका अनुसार चिकित्सक स्वास्थ्यकर्मीलाई राम्रो व्यवहारका लागि अभिमुखीकरण, कम्तीमा १५ दिनमा एक पटक अभियानका रुपमा पूर्ण सरसफाइ र शौचालयहरुमा सरसफाइको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ । उहाँले उपचार मात्र नभएर यससँगसँगै रहेका धेरै काम जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ त्यससम्बन्धी काममा ध्यान पु¥याइएको बताउनुभयो ।

समितिका संयोजक पौडेलका अनुसार अहिले १५ दिनको एक पटक बृहत् रुपमा सरसफाइ गरिँदै आइएको छ । अस्पताल परिसरमा एउटा बाल उद्यानसहित ६ साना उद्यानहरु छन् । दुबो लगाइएका ती उद्यानहरुमा हरियाली हुने बिरुवाहरु छन् । तिनीहरुको सरसफाइ, गोडमेल, छाँटकाँट जस्ता काम गरिँदै आइएको छ । यसका अतिरिक्त अस्पताल परिसरमा बिरुवाहरु लगाउने, छाँटकाँट, गोडमेल, भौतिक पूर्वाधारहरुमा रङ्गरोगन जस्ता कामहरु भइरहेका छन् ।

बिरामीको उपचारसँगै उनीहरूले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि अस्पतालको गुणस्तरको महत्वपूर्ण पक्ष भएकाले भरतपुर अस्पतालले सुरु गरेको यो अभियानले सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यस अस्पतालमा विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एकै दिनमा तीन हजार ८०० जनासम्म बहिरङ्ग सेवामा बिरामीले अस्पतालबाट सेवा लिएको तथ्याङ्क छ ।

यससँगै बिरामी र आफन्तहरु कुन भवनमा जाने हो त्यहाँ पुग्नका लागि सहज बनाउने काम भइरहेको छ । रङ्गहरुमार्फत सहजै जान चाहेको ठाउँमा पुग्ने गरी अस्पतालले व्यवस्थापन गर्दैछ । समितिका संयोजक पौडेलका अनुसार अस्पतालका कर्मचारीहरुबाट सेवाग्राहीसँगको व्यवहारमा सुन्दरता ल्याउने गरी काम भइरहेको छ । बिरामी र आफन्तहरुलाई अस्पतालभित्रका सूचना सहज बनाउने काम पनि गरिएको छ । शौचालयसहित अन्य ठाउँहरुमा सरसफाइको नियमित अनुगमनको काम पनि थालिएको छ । उहाँले भन्नुभयो, “कम खर्चमा फरकपना दिलाउने गरी हामी काममा लागेका छौँ ।” अस्पताल प्रशासनले अगाडि रहेको पुरानो भवन भत्काएर त्यहाँ पानीका फोहोरा, ढुङ्गेधार, बगैँचा बनाउने तयारी गरेको छ । कोही अस्पताल आउँदा जति नै तनाव लिएर आए पनि यहाँ छिरिसकेपछि वातावरणीय रुपमा शान्त बनाउने गरी काम गरिरहेका छौँ ।”

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

ताजा

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.