• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अध्यारोबाट उज्यालो देखेपछि …

  •  मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि आँखा धमिलो देख्ने समस्याबाट ग्रसित हुनुहुन्थ्यो । यसअघि उहाँले कहिल्यै आफ्नो आँखाको जाँच गराउनुभएको थिएन । तर, तुलसीपुर–१२ को वडा कार्यालयमा सोमबार राखिएको स्वास्थ्य शिविरमा जाँच गराउँदा मोतियाबिन्दुु देखियो ।

“पहिल्यै धमिलो देखिन्थ्यो, तर, परीक्षण गराउन पाएको थिएन”, उहाँले भन्नुभयो, “अहिले परीक्षण गराउँदा मोतियाबिन्दु भएको रहेछ, अब आज शल्यक्रियाका लागि बोलाउनुभएको छ ।” हरीपौरीकै बट्क्या चौधरीको पनि देब्रे आँखा कम देखिने समस्या थियो । त्यो आँखा पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिए । गाउँघरमै यसरी शिविर सञ्चालन भएपछि आफूले आँखा जाँच गराउन पाएको उहाँको भनाइ छ ।

“गाउँमै आँखा जाँच गर्ने शिविर आयो”, उहाँले भन्नुभयो, “आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो ।” उहाँहरु मात्रै होइन, सोही वडाका मात्रै तीनसय ८२ जनाको आँखा जाँच गरिएको थियो । त्योमध्ये ६३ जनामा मोतियाबिन्दुुको समस्या देखिएको थियो, भने एकसय ११ जनालाई चस्मा वितरण गरिएको थियो । मोतियाबिन्दुु बिग्रिएर जलविन्दु भएमा त्यसले आँखालाई निकै समस्या पार्ने भएकाले पनि मोतियाबिन्दुुको पहिचान गरी शल्यक्रिया गर्नका लागि यो शिविर आयोजना गरिएको अस्पतालका नेत्र सहायक विमल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मोतियाबिन्दुुको शल्यक्रिया गर्न रु १२ हजार लाग्ने गरेको भए पनि शिविरबाट गएपछि छ हजार पाँच सयमा शल्यक्रिया गरिदिनेसमेत बताउनुभयो । त्यस्तै चस्मा आवश्यक पर्नेहरुलाई निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालका प्रशासन सहायक पूर्णबहादुर वलीले बताउनुभयो ।

नेपालमा दृष्टि गुम्नुको मुख्य कारण नै मोतियाबिन्दुु रहेकोसमेत उहाँले जानकारी दिनुभयो । उमेर बढ्दै जाँदा मोतियाबिन्दुु हुनु स्वभाविक प्रक्रिया रहेको जनाउँदै यसलाई समयमै पहिचान र शल्यक्रिया गर्नुपर्ने उहाँको भनाइ छ । यदि समयमै शल्यक्रिया नभएमा भने जोखिम बढ्न सक्ने उहाँको भनाइ छ । वडावासीको मागअनुसार यसरी स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो । आँखाजस्तो संवेदनशील अङ्गलाई जोगाउन पनि यस्ता शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ (राप्ती आँखा अस्पताल) प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर भएको हो ।

शिविरलाई नर्वेको ‘द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्सियली साइटेड’, ‘एट्लास एलायन्स’ तथा नर्वे सरकारको आर्थिक सहयोग रहेको छ । यो शिविर तुलसीपुरको १२ र १३ मा सम्पन्न भइसकेको छ, भने केही दिनमा तुलसीपुर–११ मा आयोजना हुनेछ । त्यस्तै घोराही उपमहानगरपालिकासहित बबई, शान्तिनगर, दङ्गीशरणमा पनि शिविर सञ्चालन हुनेछ । यो कार्यक्रमअन्तर्गत डिसेम्बरसम्म १२ सयलाई मोतियाबिन्दुुको शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ ।रासस

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.