• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कुपोषणबाट प्रभावित बालबालिकाका सारथी डा. श्यामसुन्दर दास

  •  मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

नेपालको तराई क्षेत्र कुपोषणको उच्च जोखिममा रहेको क्षेत्रका रुपमा चिनिन्छ । गरिबी, अशिक्षा, खाद्य असुरक्षा, असन्तुलित आहार तथा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण यहाँका धेरै बालबालिका कुपोषणको चपेटामा परिरहेका छन् । यही चुनौतीपूर्ण परिवेशमा कुपोषित बालबालिकाको जीवन उज्यालो बनाउने अभियानमा निरन्तर समर्पित रहनुभएका एक प्रेरणादायी एवं सबैका प्रिय चिकित्सकको रुपमा स्थापित नाम हो, डा. श्यामसुन्दर दास ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. दास तराई क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । उहाँ बालरोग तथा पोषणसम्बन्धी अनुभवी चिकित्सक हुनुहुन्छ । उहाँले आफ्‌नो चिकित्सकीय ज्ञान र अनुभवलाई केवल अस्पताल र क्लिनिकमा मात्रै सीमित नराखी तराईका गाउँगाउँसम्म पुर्‍याउन सहयोग गर्नुभएको छ । विशेषगरी कुपोषणबाट प्रभावित बालबालिकाको पहिचान, उपचार र पुनःस्थापनामा उहाँको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ ।

तराईका दुर्गम तथा पिछडिएका समुदायका जनताका लागि डा. दासले नियमित स्वास्थ्य सेवासँगै समयसमयमा शिविर सञ्चालन गर्दै आउनुभएको छ । उहाँले बालबालिकाको तौल, उचाइ, पोषण अवस्था मूल्यांकन गर्ने, आमालाई स्तनपान र पूरक आहारबारे सचेत गराउने तथा आवश्यक परेमा तत्काल उपचारको व्यवस्था गर्ने कार्य गर्दै आउनुभएको छ । डाक्टर दास भन्नुहुन्छ, “कुपोषण केवल औषधिले होइन, ज्ञान र व्यवहार परिवर्तनले पनि निको हुन्छ ।”

डा. दास कुपोषण उपचारसँगै यसको मूल कारणको पहिचानमा पनि जोड दिन आवश्यक ठान्नुहुन्छ । आमाको स्वास्थ्य, गर्भावस्थाको हेरचाह, सरसफाइ, सुरक्षित खानेपानी र सन्तुलित आहार कुपोषण न्यूनीकरणका मुख्य आधार भएको उहाँको भनाइ छ । त्यसैले उहाँ चिकित्सक मात्र नभइ समुदायका लागि एक सशक्त स्वास्थ्य शिक्षकको भूमिकामा पनि देखिनु भएको छ । सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्दै डा. दासले कुपोषण व्यवस्थापन कार्यक्रम, पोषण पुनर्स्थापना केन्द्रको सुदृढीकरण तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा समेत योगदान पुर्‍याउनु भएको छ ।

उहाँको सक्रियताका कारण धेरै बालबालिकाले समयमै उपचार पाई नयाँ जीवन पाएका हजारौँ उदाहरण रहेका छन् । व्यक्तिगत जीवनमा सरल, सेवाभावी, चिकित्सा पेशाप्रति निष्ठावान डा. दासलाई स्थानीय समुदायले “कुपोषित बालबालिकाका सारथी” भनेर सम्मानका साथ सम्बोधन गर्ने गर्दछन्, जसलाई उहाँ निकै खुसीका साथ स्वीकार्नु पनि हुन्छ । बालबालिकाको स्वस्थ भविष्य निर्माणमा उहाँले पुर्‍याउनु भएको योगदानलाई केवल चिकित्सा सेवा मात्र नभई सामाजिक उत्तरदायित्वको उत्कृष्ट कार्यको रुपमा पनि लिन सकिन्छ ।

डा. दास जस्ता समर्पित चिकित्सकहरूको अथक प्रयासले तराई क्षेत्रमा कुपोषणविरुद्धको अभियानलाई थप सुधार गर्दै निरन्तरता दिनु निकै आवश्यक देखिन्छ । उहाँको यस रचनात्मक कार्यले आजका बालबालिकामा मात्र होइन, भावी पुस्तामा पनि स्वास्थ्यप्रति सकारात्मक सोच र आशाको किरण फैलाइरहेको छ । नयाँ पुस्ताका चिकित्सकहरूले डाक्टर दासको प्रेरणादायी यी कार्यबाट सिक्दै आफ्‌नो पेशालाई अगाडि बढाउन सके सुनमा सुगन्ध हुनेछ ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.